उमेश कुशवाहा बीरगंज
विश्व भरी फैलिएका महामारीको रुपमा कोरोना भाईरसलाई मध्य नजर गर्दै आज लकडाउनको ४३ औं दिन बीरगंज महानगरपालिका १० घडिवर्आ निवासी सकृय युवा समाजसेवी अजय कुमार गुप्ता आफ्नो ब्यक्तिगत पकेटबाट अति विपन्न ,गरिब, एकल महिला, गरीखाने ब्यक्ति, अपाङ्गहरुलाई राहत खाद्यान सामग्री वितरण गरिएको हुन।
लकडाउन शुरू भए पछि उनले सो टोलका अतिविपन्न, विपन्न, गरीब, दलित परिवारलाई राहत वितरण गर्दै आएका छन्।
पहिलो चरणमा तीन सय(३००) परिवार लाई प्रति परिवार चामल,दाल,नुन,आलु र तेल वितरण गरेका थिए।
सामाजिक एवं धार्मिक कार्यमा आफ्नो छुटै पहिचान बनाएका सफल भएका छन।
यसैगरी गुप्ताले सोही क्षेत्रका दुई सय (२००) परिवारलाई प्रति परिवार चामल १५ किलो, आलु १ किलो, नून १ प्याकेट,दाल १ किलो, तेल १ लि., आटा ५ किलो, चाउचाउ २ पकैट, बिस्कुट २ पकैट र सोयाबिन २५० ग्राम राहत वितरण गरेका थिए।
बीरगंज महानगरपालिका बड़ा न.१० घडीवर्वामा रहेको बिभिन टोल जस्तै अशोकवाटिका, रानीघाट, नयाँ बस्तिका बासिन्दालाई राहत बितरण गरेको समाजसेवी गुप्ताले बताए।
साथै राहत संगै सो बड़ामा आफ्नै निजी खर्चमा समाजसेवी गुप्ताले गरिब परिवारहरू लाइ औषधी समेत वितरण गरेका थिए।
समाजीक कार्यमा समेत लोकप्रिय छन अजय कुमार गुप्ता।आवश्यकता अनुसार सेवाकार्य जारी रहने समाजसेवी गुप्ताले बताए।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण अहिले आम मानिसलाई त्रासपूर्ण जिवन बिताउन बाध्य बनाएको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस बाट बचनका लागि गुप्ताले सल्लाह सुझाव समेत दिएका थिए ।


