सिन्धुली हिँडेका यात्रु बनेपामै राेकिए

  • ९ बैशाख २०७७, मंगलवार १३:५३ मा प्रकाशित
  • वैशाख ९, २०७७ / काठमाडौँ — भक्तपुरको जगातीबाट सिन्धुलीलगायत विभिन्न ठाउँमा जान लागेका सर्वसाधरणलाई बनेपामा रोकिएको छ । उनीहरुलाई अहिले उग्रचण्डी पार्टी प्यालेसमा राखिएको छ ।

    सिन्धुलीका २ वटा नगरपालिका र ७ वटा गाउँपालिकाका करिब ९ सय जना रहेका उनीहरु काभ्रेबाट जान नदिएपछि उनीहरु यहीँ रोकिएका हुन् ।सिन्धुली सम्पर्क मञ्‍चले काठमाडौंका विभिन्न स्थानमा काम गर्ने सिन्धुलीका बासिन्दालाई घर फर्काउन पहल गरेको थियो ।

    काभ्रेका सीडीओ श्रवणकुमार तिमिल्सिनाले उनीहरुलाई लकडाउन उल्लंघन नहुने तरिकाले घर पठाइने बताएका छन् ।
    Kantipur Daily

    Leave a Reply