साउदी संवाददाता

रियाद/साउदी अरब
साउदी सरकारले भर्खरै जारी गरेकाे सूचना अनुसार साउदी अरबमा फैलिएकाे कोरोना भाइरसको संक्रमण रोक्ने उदेश्य स्वरूप आज मिति २०७६।१२।२४ (अप्रिल ६, २०२०) साेमबारबाट लागू हुने गरी रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखाेबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा २४ घण्टे कर्फ्यू आदेश जारी गरेको यहाँको गृह मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप १३८ कोभिड १९ को संक्रमित सहित २५२३ पुगेको छ। आज सम्ममा ३८ जनाको मृत्यु भएको र ५५१ जना उपचार पछि निको भएका छन भने १९३४ जनाको उपचार भईरहेको छ। साउदी अरबमा संक्रमित हरूको ४७ प्रतिशत साउदी नागरिक रहेको छ भने ५३ प्रतिशत आप्रवासीहरू रहेको स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. मोहम्मद अब्देल आलीले बताएका छन्।
यसै क्रममा रियाद स्थित रहेको नेपाली राजदुतासले साउदीको सबै क्षेत्रमा रहेका नेपालीहरुले कर्फ्यूको समयकाे पूर्ण पालना गर्न अनुरोध गरेका छन् ।सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्किन समेत दुतावासले अनुरोध गरेका छन् ।

