
काठमाडौं, चैत २९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायरा बढ्दै गएको जनाएको छ ।
मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा देशभर ८९७ जनाको नमुना परीक्षण गरिएको र उनीहरु कसैमा पनि संक्रमण नभेटिएको जानकारी दिए ।
यस्तै, वीर अस्पतालमा पनि शनिबारदेखि परीक्षण सुरु गरिएको भन्दै प्रवक्ता डा. देवकोटाले ७७ ओटै जिल्लामा ‘र्यापिड टेस्ट’ गराउन किट पठाइएको बताए ।
देशभर आठ हजार ८२ जना ‘क्वारेन्टान’मा रहेका छन् भने काठमाडौंमा १५ र प्रदेशहरुमा ६६ जना ‘आइसोलेसन’मा रहेका छन् ।
ईमेजखबर.कम.

