काठमाडौं, वैशाख २, २०७७ काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने तीन जनाको पीसीआर परिक्षणमा पनि कोरोना पोजिटिभ देखिएको पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार परिवारका तीन जना आमा, छोरा र बुहारीमा कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको हो ।
उनीहरुलाई ललितपुरको पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । यसअघि हिजो उनीहरुको घाँटीको र्यालको नमुना पिसीआर गर्नका लागि पाटन अस्पतालमा ल्याइएको थियो ।
सो परिवार गत चैत ५ गते लण्डनबाट काठमाडौं फर्किएको थियो । उनीहरु बस्दै आएको अपार्टमेन्टलाई सिल गरेर प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको छ । प्रहरीले सो अपार्टमेन्टमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको छ । Radiokantipur


