
बैशाख १५ दाङ । लकडाउन खुकुलो बनाउने जिल्ला प्रशासन कार्यालय दाङले आफ्नो नया निर्णय उल्ट्याउदै पुरानै निर्णय कार्यान्वयन गर्ने भएको छ ।
दिउसो बजार खोल्ने स्थानीय प्रहरि प्रशासनले निर्णय गरेपछि मङ्गलबार बजारमा भिडभाड बढेको थियो । कोरोनाको कारण गरिएको लकडाउन खुकुलो बनाएको भन्दै प्रशासनले आलोचना खेपेपछि आफ्नो निर्णयबाट ब्याक हुदै यो भन्दा अगाडि बजार खुल्दै आएको हरेक हप्ताको ३ दिन आइतबार, मङ्गलबार र शुक्रबार बिहान ६ बजेदेखि ९ बजेको समय नै कायम गरिएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले दिउसो बजार खोल्दा मानीसहरुको भिडभाड बढेको भन्दै अब पुरानै बिहानको समयमा बजार खुल्ने जानकारी दिनु भयो ।
मङ्गलबारबाट हरेक दिन विहान ११ बजेदेखि २ बजेसम्म अत्यावश्यक सामग्रीका पसल खुला राख्ने स्थानिय प्रहरि प्रसासनले ब्यबस्था मिलाएकाेमा चौतर्फि आलोचना भएपछि जिल्ला प्रशासन दाङ आफ्नो निर्णयबाट पछि हटेको हो ।यस अघि अत्यावश्यक सामग्री दाङ उद्योग वाणिज्य संघले हाेम डेलिभरी सेवा प्रदान गर्दै अाएकाे थियाे । अहिले उद्योग वाणिज्य संघले गर्दै अाएकाे हाेम डेलिभरी पनि स्थगित भएको छ ।
जागरण अनलाइन

