उमेश कुशवाहा,
उपमहानगरपालिका वडा नं २३ भतौडा टोल कलैयामा जग्गाको विषयमा दुई पक्ष बीच झडप हुदा करिब एक दर्जन व्यक्तिहरु घाईते भएका छन् ।
स्थानिय राम प्रसाद साहले आफ्नो जग्गामा छेकवार लगाउन खोज्दा बालदेव साह लगायतकाले आफुहरुको पानी बग्नमा समस्या हुने भनि रोक्न खोज्दा झडप भएको हो ।
झडपको क्रममा भाठा तथा खुकुरी हानाहान समेत भएको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
झण्डपमा रामप्रसाद साह, चन्दन साह, अमिका साह, जग साहको वीरगंज स्थित नेशनल मेडिकल कलेजमा उपचार भईरहेको जनाईएको छ ।
त्यसैगरी उमेश साह, रमेश साह, बालदेव साहको एसएल न्युरो न्युरो अस्पताल वीरगंजमा उपचार भईरहेको जनाईएको छ ।
घाईतेहरुको टाउको फुटेको तथा शरिरको विभिन्न भागहरुमा चोटपटक लागेको जनाइएको छ ।
घाईतेहरुको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।
झडप हुने दुबै पक्ष चाचा र भतिजहरु रहेको स्थानियबासीले बताएका छन् ।
घटनाको जानकारी भए पछि घटनास्थलमा अस्थायी प्रहरी चौकी गंगापुरको टोली पुगेर विवाद साम्य पारेको थियो ।
साथै घटनास्थलबाट खुकुरी तथा भाठाहरु समेत बरामद भएको प्रहरीले जनाएको छ ।


