उदयपुरमा थप आठ जनामा कोरोना संक्रमण पाइयाे

  • ९ बैशाख २०७७, मंगलवार १३:३२ मा प्रकाशित
  • काठमाडौं, बैशाख ९ गते । उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना पोजेटिभ पाइएको छ ।

    आठ जनामा पहिलो परीक्षणमा पोजेटिभ देखिएकाले स्वाब थप परीक्षण भइरहेको मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तथा प्रदेश १ कोभिड सुचना केन्द्रका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो । तर स्वाबलाई थप पुष्टिका लागि धरानस्थित बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको उहाँले बताउनुभयो ।

    थप आशंकित त्यहाँका आठ घरका मुली भएको र उनीहरुका परिवारका अन्य सदस्यको स्वाब पनि नेपाली सेनाले हिजो संकलन गरी सकेको छ तर त्यसको नतिजा आउन बाँकी छ ।
    गोरखापत्र अनलाइन

    Leave a Reply