अलपत्र पैदलयात्रीको इच्छाकामना गाउँपालिका चितवन द्वारा उद्धार

  • ५ बैशाख २०७७, शुक्रबार १९:२८ मा प्रकाशित
  • समर्पण रम्जान

    ५ बैशाख शुक्रबार चितवन । काठमाडौ बाट अधिकांश मजदुरहरू भोकभोकै पैदलयात्रामा घरतिर हिँडिरहेको र सरकारले बेवास्ता गरिरहेका  बेला  चितवनको इच्छाकामना गाउँपालिकाले उद्धार गरी गन्तव्यस्थल पुर्‍याउन ठुलो सहयोग गरेको छ ।

    काठामाडौंबाट इच्छाकामना गाउँपालिकाको बाटो हुँदै आफ्नो घरजान पैदल यात्रामा हिँडेका उनीहरूलाई गाडीमा चढाएर घरसम्म  पठाइएको हो । 

    बिहीबार झन्डै १ सय जना र शुक्रबार ३०० जना पैदल यात्रीलाई उद्धार गरी गन्तव्यस्थल पठाइएको गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले जानकारी दिइन् । ‘सयौं मजदुर, बटुवा भोकभाकै हिँडेर गएको मनले थाम्न सकेन, हामीले गाडी रोकेर गन्तव्य स्थल पठाएका हौं’, उनले भनिन् ।

    उनका अनुसार पूर्व हेटौंडा, बारासम्मका यात्री र पश्चिम डडेलधुरा, सल्यान कालीकोट लगायतका जिल्लामा अत्यावश्यक सामान ढुवानीका गाडीहरूमा राखेर ती यात्रीलाई पठाइएको हो । उनीहरूले खाना खुवाउनभन्दा बढी घर पुर्‍याइदिन  आग्रह गरेपछि निःशुल्क ती गाडीमा पठाइएको उनले बताइन् ।

    उक्त गाउँपालिका ले यो मात्रै नभएर बिगतका दिनहरुमा पनि आफ्ना मातहतका वडामा प्रसस्त राहत बाडिएको थियो ।


     

    Leave a Reply