लकडाउनमा खान नपाएका सडकका पशुचौपायालाई वीरगंज युवा समाजले खुवायो आहारा ।

  • १८ बैशाख २०७७, बिहीबार १०:२७ मा प्रकाशित
  • बिरगंज , बैशाख १७ गते बुधबार ।

    कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको ३७ दिन भएको छ । यो अवधिमा मानिसहरु घर बाहिर निस्कन छाड्दा र होटल, पसल बन्द हुँदा वीरगंजका सडकमा हिँड्ने कुकुर, गाई लगायत का पशु चौपाया समस्यामा पर्न थालेका छन् ।अहिले सयौं कुकुर, गाई
    लगायतका पशु चौपाया वीरगंजको सडकमा छन् । तर लकडाउन सुरु भएयता यस्ता छाडा कुकुर र गाई भोकै परेका छन ।
    होटल, रेष्टुराँ, मासु पसल सञ्चालन हुँदा सडकका कुुकुरहरुले पेट भर्न पाइरहेका थिए । तर, लकडाउनका कारण यस्ता पसल बन्द भएपछि खान पाएका छैनन् । भोकका कारण कुकुरहरु रिसाउने, खानाको खोजीमा ठाउँ चहारिरहने, झगडा गर्ने गर्ने गर्न थालेका छन् ।
    वीरगंज महानगरपालिकाले यस्ता कुकुर, र छाडा चौपायालाई लकडाउनको ३७ दिन बितिसक्दा पनि खानेकुरा खुवाउएको छैन ।
    सडकमा छाडिएका कुकुर, तथा पशुचौपायाहरु समस्यामा परेपछि आज वीरगंज युवा समाजले आहारा खुवाएको छ ।
    समाजका अध्यक्ष कमल चौगाईँको नेतृत्वमा वीरगंजको विर्ता, लक्ष्मीनारायण टोल, आदर्शनगर, पानीटंकी लगायतको क्षेत्रका सडकमा भौतारिएका कुकुर, गाई तथा पशुचौपायालाई आहारा खुवाएको अध्यक्ष चौगाईले जानकारी दिनु भयो।

    Leave a Reply