ब्रेकिङ न्युज- आईसोलेसन कक्षमा उपचाररत एक ब्यक्तिको निधन

  • २४ चैत्र २०७६, सोमबार २२:१८ मा प्रकाशित
  • राघबेन्द्र चौबे
    ब्रेकिङ न्यूज ः कोरोना आशंकामा कपिलवस्तु अस्पालतालको आईसुलेशनमा उपचाररत बिरामीको मृत्यु भएको छ ।

    सोमवार साझ ८ बजे बिजयनगर गाउपालिका– २ जलैयाका ३० बर्षे गोभर्धन भरको मृत्यु भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले जानकारी दिए ।

    कोरोना परिक्षणका लागि मृतकको थ्रोट स्वाब संकलन गरि काठमाडौं पठाउने तयाारी हुदैं गर्दा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका मेसु डा. बञ्जाडेका अनुसार मृतक पहिले देखि नै मुटु र फोक्सोको समस्याले ग्रसित रहेको डा. बञ्जाडेले बताए ।

    उनलाई ज्वरो आउने, खोकी लाग्ने तथा छाती दुख्ने जस्ता लक्षण देखिएपछि कोरोना आशंकामा शनिबार मात्रै आईसोलेशनमा भर्ना गरिएको थियो । बिरामीलाई शुक्रवार चन्द्रौटाको एक स्थानिय अस्पतालबाट रिफर गरी कपिलवस्तु अस्पताल पठाईएको थियो ।

    Leave a Reply