सिमा क्षेत्रमा फसेका नेपालीको उद्दारमा ढिलाई गर्न हुदैन ॥

  • २१ चैत्र २०७६, शुक्रबार ०९:३५ मा प्रकाशित
  • कपिलवस्तु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सचिवालय सदस्य तथा महाराजगन्ज नगर कमिटी अध्यक्ष बिजय जैसवालले लकडाउनका कारण नेपाल-भारत सीमा क्षेत्रमा अलपत्र नेपालीहरूलाई उद्दा गर्नुपर्ने बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष जैसवालले नेपाल-भारत सीमा क्षेत्रमा अलपत्र नेपाली नागरिकलाई क्वारेन्टाइन लगायतका सबै प्रोटोकल पूरा गरेर नेपाल प्रवेश गर्न दिनु बुद्धिमानीपूर्ण कदम हुने सुझाव दिएका हुन्। उनले सबै नागरिक सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै उनीहरूको उद्दार गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएका हुन्। नेपाल र भारतमा समेत कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिएको छ। भारतको विभिन्न स्थानमा रोजगारी तथा अन्य कामले पुगेको नेपालीहरू लकडाउनको समयमा पनि पैदलयात्रा गरेरै सीमा क्षेत्रमा आइपुगेका छन्। तर, भारतबाट आउने नेपालीमार्फत कोरोना संक्रमण फैलनसक्ने जोखिम रहेको भन्दै सरकारले नेपाल प्रवेशको अनुमति दिएको छैन। सुरुमा आएको केही नेपालीलाई क्वारेन्टाइनमा राखेर घरघर पठाइएको थियो। तर, क्वारेन्टाइनमा राखिएका कतिपय व्यक्ति भागेको समेत सार्वजनिक भएको थियो। तर लकडाउनमा भारतबाट नेपालीहरू आफ्नो घर फर्किने क्रम रोकिएको छैन। धेरै सीमा क्षेत्रमा कयौं नेपाली अलपत्र परेको छन्। त्यस्तै अध्यक्ष जैसवालले कोरोना भाइरसको संक्रमणको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको बिमा गर्न माग गरेका छन्। उनले सरकारले उनीहरूको स्वास्थ्य बिमाको व्यवस्था गर्नुपर्ने बताएका हुन्। ‘कोरोनाविरुद्ध अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका लागि सरकारले यथाशीघ्र बिमाको व्यवस्था हुनुपर्ने माग गरेको हुन ।

    Leave a Reply