लकडाउन ठीक छ, तर ज्यालादारीलाई राहत देऊ: देउवा

  • १३ चैत्र २०७६, बिहीबार १३:१६ मा प्रकाशित
  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणबाट बच्न लकडाउन उत्तम विकल्प रहेको बताएका छन्।

    तर लकडाउनका बेला दैनिक ज्यालादारी र न्यून आय भएकाहरूको दैनिक गुजारा चलाउने प्रबन्ध भने सरकारले गरिदिनुपर्ने देउवाको भनाइ छ।

    बिहीबार देउवाले कोरोनाबाट सुरक्षित हुँदाहुँदै भोकभरीको सिकार बन्न नपरोस् भनेका छन्।

    उनले मजदूरका लागि राहत प्याकेज ल्याउन पनि माग गरेका छन्।

    ‘कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमरीको सिकार बन्न नपरोस्। म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु,’ देउवाले भनेका छन्। सेतोपाटी.कम बाट

    Leave a Reply