मदिरा पिएर मृत्यु भएकाको परिवारलाई ५ लाख दिनुपर्ने सांसदको माग

  • ४ चैत्र २०७६, मंगलवार १३:१३ मा प्रकाशित
  • जनकपुरधाम : अवैध घरेलु मदिरा सेवनका कारण मृत्यु भएकाहरुको परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्न नेकपाका सांसद शत्रुधन महतोले प्रदेश सरकारसँग माग गरेका छन् ।

    अवैध घरेलु मदिरा सेवनले धनुषामा १५ जनाको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गर्दै सांसद महतोले प्रदेश सरकारले घोषणा गरेको राहत रकमलाई बढाएर ५ लाख पुर्याउन सरकारसँग आग्रह गरेका हुन् ।

    आज (सोमबार) को प्रदेशसभाको जारी बैठकमा अवैध मदिरा भठ्ठीहरुमाथि कारवाही गर्न माग गर्दै प्रदेशसभामा विशेष सार्वजनिक महत्वको प्रस्ताव दर्ताका लागि पेश गरेका छन् । महतोले प्रदेशसभामा पेश गरेको विशेष सार्वजनिक महत्वको प्रस्तावमाथि प्रदेशसभा सदस्यहरु शैलेन्द्र यादव,परमेश्वर साह,शिवचन्द्र चौधरी,मञ्जु यादव,करिमा बेगम,रानी शर्मा तिवारी,ओम प्रकाश शर्मा,ज्वाला कुमारी साह लगायतकाहरुले समर्थन जनाएका छन् । प्रदेशसभा सदस्यहरुले अवैध मदिरा पसलहरुमाथि कारवाही गरि यथाशिघ्र त्यस्ता अवैधानिक भठ्ठीहरु बन्द गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् ।Thenepaltop.com बाट साभार

    Leave a Reply