घोराहीमा दादुरा रुबेला विरुद्धको खोप अभियान र पोलियो थोपा खुवाउने कार्यक्रम शुरु

  • २९ फाल्गुन २०७६, बिहीबार १९:२० मा प्रकाशित
  • वसन्त अनुभव-
    घोराही, दाङ,२९ फागुन / घोराही उपमहानगरपालिका भित्र दादुरा रुबेला विरुद्धको खोप अभियान र पोलियो थोपा खुवाउने कार्यक्रम सुरुवात गरिएको छ ।
    शहरी स्वास्थ्य केन्द्र नयाँ बजार, तीनकुनेमा एक औपचारीक कार्यक्रमको आयोजना गरि खोप र पोलियो थोपा खुवाउने अभियानको सुरुवात गरिएको हो ।

    घोराही उपमहानगरपालिका, जनस्वास्थ्य प्रवर्द्वन शाखाको आयोजनामा आयोजित कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले घोराहीका अढाई बर्षका मोहम्मद नविललाई पोलियो थोपा खुवाएर अभियानको सुरुवात गर्नुभएको थियो ।

    कार्यक्रममा नगर उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, प्रहरी प्रमुख जनक भटराई, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेल, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज मदन वली सहितका स्वास्थ्यकर्मी, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

    नगर क्षेत्र भित्रका जन्मेदेखी ५ बर्ष सम्मका २० हजार ३ सय २१ जना बालबालिकाहरुलाई पोलियो थोपा र ९ महिना देखि ५ वर्ष सम्म उमेरका १६ हजार ७ सय ४२ जना बालबालिकाहरुलाई दादुरा रुबेला रोग विरुद्धको खोप लगाउने लक्ष्य रहेको छ । जसका लागि १ सय ४२ स्वास्थ्यकर्मी र २ सय ५३ जना महिला स्वास्थ्य स्वंयसेविका खट्नुहुने छ ।

    One thought on “घोराहीमा दादुरा रुबेला विरुद्धको खोप अभियान र पोलियो थोपा खुवाउने कार्यक्रम शुरु

    Leave a Reply