खाद्यान्न र तरकारी चाहिए भाटभटेनीलाई फोन गर्नुस्, डेलिभरी गरिदिने

  • १३ चैत्र २०७६, बिहीबार २१:५० मा प्रकाशित
  • रकारले अतिआवश्यक खाद्यवस्तुको होमडेलिभरी गर्न सहजीकरण गर्ने निर्णय गरेसँगै भाटभटेनीले सेवा सुरु गरेको छ। 

    अब  उपभोक्ताले फोन, भाईबर, ह्वाट्स्याप तथा उसको आधिकारिक फेसबुक पेजमार्फत अर्डर गर्न सक्नेछन् ।र, भाटभटेनीले उपभोक्ताकै ठेगानामा डेलिभरी गरिदिनेछ।

    गृहमन्त्रालयले बिहीबार मात्र काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्यवस्तुका सबै स्टोरी एवम् बिक्रेताहरुले आआफ्ना डेलिभरी भ्यान मार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको थियो।  

    भाटभटेनीले ९८०१२४६८०६, ९८०१२४१४४९, ९८०१११८८३७ फोन मार्फत् अर्डर गर्ने व्यवस्था गरेको जनाएको छ।

    लोकान्तर.कम बाट

    Leave a Reply