कोरोना अर्थात COVID- 19 को सुचिमा नेपाल हरित क्षेत्रबाट पहेंलो जोन तिर पाइला सार्दैछ ।आज मात्रै थप एक जना संक्रमित भेटिए संगै ५ जना बिरामिको आधिकारिक पुष्टि भएको छ । यसैगरि यो जानकारी तयार पार्दा सम्म बिश्वभरि कोरोनाबाट संक्रमित हुनेको संख्या ६,२३,२९६ पुगेको छ भने मृत्यु हुनेकको संख्या २८,८४१ रहेकोछ । जनवरि १०, २०२०मा सबभन्दा पहिले चिनको बुहानबाट देखिएर पहिचान बनाएको यो जिबानुले बिश्वभरका १९९ देशमा आफ्नो संजाल बिस्तार गर्न सफल भएको छ । आधुनिक स्वास्थ्य बिज्ञान भन्दा पनि अग्रगतिमा दौडिने कोरोनाको साजमार्ग लाइ हराउन ब्लक र शिल गर्नको बिकल्प नरहेको प्रमाणित भएपछि ढिलै भएपनि हरेक मुलुकहरू LOCKED DOWN गरीकन आफ्ना राज्य र जनतालाइ सुरक्षित बनाउन बाध्यात्मक निर्णयमा पुगे । बेलैमा सजग भैदिएको भए अहिलेको जस्तो ग्राफ सिधै ८५ डिग्रिमा जान्थेन जुन हरेक क्षणमा उक्लिदो क्रममा छ।
समग्रमा बिश्वले यो महामारी बाट उन्मुक्ति पाउन ढिलैभएपनि अधिक प्रभावित राष्ट्रहरूबाट पाठ सिक्दै बिभिन्न् उपायको अबलम्बनमा लागी परेका छन ।
पहिलो कुरा त यसलाइ हाँसो र मजाकमा नलिउँ, संबेदन र हदैसम्म्को सहनशिलता अपनाएर राष्ट्रलाइ साथदिने समय आएको छ । हामी नेपालीहरू जो जहाँ छौं स्थानिय कानुनको पालना गर्नु महत्वपुर्ण जिम्मेबारी सम्झौं । घरैबसि आ आफ्नो स्वास्थ्यलाइ सुरक्षित राख्न सरल तरिकाहरू अपनाउ:-
१) तातो पानी १० देखि १५ मिनेटको अन्तरालमा पिइरहने । भए चिया कफि पनि ससंगै लिइरहने।
२) सफा लुगा लगाउने , नयाँ मान्छेहरू संग भेटघाट नगर्ने।
३) अर्काको घरमा आवत जावत नगर्ने , जानै पर्ने परिस्थिति आएमा ब्यक्तिगत सुरक्षात्मक उपाय गरेर मात्रै जाने।
४) स्यानिटाइजर नपाएको अबस्थामा हात धोएर डिटोल पानीले भएपनि शरिरका खुल्ला भागमा लगाउने ।
५) आफुले प्रयोग गरिसकेपछि बाथरूप राम्रोसंग फिनाइल पानीले सफा गर्ने ।
आदि थुप्रै स्वास्थ्य मुलक प्रकृयाहरू प्रचार प्रसारमा आइसकेकाछन, लाइ अबलम्बन गर्ने /गराउने ।
यसै कारण गम्भिरता पुर्बक नलिइएका कारण बिश्वको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका चिन र इटालीलाइ उछिन्दै संक्रमणको अग्र पंक्तिमा अर्थात बढि प्रभावित भएको सुचिमा दरिन पुनेकोछ । हेर्नुहोस बढि प्रभाबित १० मुलुकहरू :-
क्र.सं. देश जम्मा संक्रमित नँया केस
(आज) जम्मा मृत्युहुने नयाँ(आज मृत्युहुने) पहिलो पहिचान भएको मिति
१ संयुक्त राज्य अमेरिका 106,258 +2,132 1,751 +55 २० जनवरि २०२०
२ इटाली 86,498 9,134 २९ जनवरि २०२०
३ चिन 81,394 +54 3,295 +3 १० जनवरि २०२०
४ स्पेन 72,248 +6,529 5,812 +674 ३० जनवरि २०२०
५ जर्मनी 53,340 +2,469 399 +48 २६ जनवरि २०२०
६ इरान 35,408 +3,076 2,517 +139 १८ जनवरि २०२०
७ फ्रान्स 32,964
1,995 २३ जनवरि २०२०
८ यु के 17,089
+2,546 1,019 +260 ३० जनवरि २०२०
९ स्विटजरल्यान्ड 13,377 +449 242 +11 २४ फेब्रुअरि २०२०
१० नेदरल्यान्ड 9,762 +1,159 639 +93 २६ फेब्रुअरि २०२०
श्रोत :- WORLDOMETER CORONAVIRUS
DATE: 3/28/20 TIME 8:05

