
–वसन्त अनुभव-
तुलसीपुर, २०७६ फागुन २६
तुलसीपुर उपमहानगरपालिका, जनस्वास्थ्य प्रवर्धन शाखाको आयोजनामा स्वास्थ्यकर्मी र सरोकारवालाहरुलाई कोरोना नोभेल भाइरसका वारेमा अभीमुखिकरण गरिएको छ।
तुलसीपुर उप-महानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेज्युको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वोल्दै नगर प्रमुखले कोरोना वाट हतास नभई सचेत रहन र व्यक्तिगत सरसफाईमा ध्यान दिन आग्रह गर्नु भएको छ।

तुलसीपुरमा कोरोनाको महामारी फैलिएमा छुट्टै स्थानको पहल गरि विरामिको व्यवस्थापन गर्न सकिने वताउनु भएको छ। यस रोगलाई सवै मिलि सहकार्य तथा समन्वयवाट व्यवस्थापनमा जोड दिन आवश्यक रहेको वताउनु भयो।
साथै उहाँले यस समयमा सवैले आ-आफनो तर्फवाट पहल गर्न , वडामा, विद्यालयमा , समुदायमा यस रोगका वारेमा सचेत गराउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिनुभयो। त्यसका लागि नगरले आवश्यक पर्ने सर-सामग्री तथा वजेटको व्यवस्था गर्ने वताउनु भयो।
उक्त कार्यक्रममा अतिथिको रुपमा वोल्दै राप्ति प्रादेशिक अस्पतालमा मेसु डा प्रताप पोखरेलले कोरोना भाईरसवाट संक्रमित तथा संकास्पद विरामीलाई राख्न ३ वटा आईसोलेसन वेडको व्यवस्था गरिएको र अन्य आवश्यक उपकरण तथा सामग्रीहरुको लागि पहल गर्न आग्रह गर्नु भयको छ।
त्यसैगरि जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख ओमप्रकाश न्योपानेले कोरोना भाईरसवाट संक्रमित विरामीहरुको परिक्षणकालागि तुलसीपुरका २ स्थान फुलवारिको दमारगाउमा र एयरपोर्टमा हेल्थ डेस्क स्थापना गरिने, शंकास्पद विरामीलाई अस्पतालमा पठाईने, सवै स्वास्थ्य संस्थामा मास्क र सेनिटाईजर को व्यवस्था गरिने र सचेतनामुलक व्यानरहरु शहरका भिडभाड हुने ठाउमा राखियको र यस रोगको व्यवस्थापनकालागि समुदाय स्तरसम्म RRT TEAM गठन गरिने जनाउनु भएको छ।
त्यसैगरि राप्ति लाईफ केयर अस्पतालले पनि आईसोलेसन वेडको व्यवस्थाको तयारी गरेको प्रवन्धक जीवन भण्डारीले जानकारी दिनु भयो।
त्यसै गरि शाखाका जनस्वास्थ्य निरिक्षक विमल केसीले कोरोना नोभेल भाईरस रोगको परिचय ,हालको अवस्था ,लक्षण रोकथामका उपाय तथा स्वास्थ्यकर्मीहरुको र सरोकारवालाहरुको जिम्मेवारी सम्वन्धि विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता ओमप्रकाश न्यौपानेले गर्नु भएको थियो भने सहजीकरण विमल केसीले गर्नु भएको थियो।

