राघबेन्द्र चौबे
कपिलवस्तु – व्यवस्थित मायादेवी अभियानले सडकपेटी तथा सार्वजनिक स्थानमा जथाभावी राखिएका निर्माण सामग्री तथा पसलहरु हटाउने कामलाई निरन्तरता दिएको छ । पकडी चोक देखी महालक्ष्मी बिकास बैंक हुँदै पिचूर्खी चोक सम्माको सडक अतिक्रमण गरी बिक्री बितरण गर्दै आएको पसलहरु मायादेबी बजार व्यवस्थापन समितिको आयोजना र ईलाका प्रहरी कार्यालय पकडी सहयोगमा हटाईएको व्यवस्थित मायादेवी अभियानको संयोजक परमात्म अग्रहरीले बताउनु भयो ।
सो अभियानमा ईलाका प्रहरी कार्यालय पकडीका प्रमुख प्रहरी निरीक्षक गणेश सुबेदी , अस्थाई ट्राफिक प्रहरी पोष्ट पकडी प्रमुख सहायक प्रहरी निरीक्षक पावन चौधरी , यातायात समितिको प्रतिनिधि राधेश्याम बरई , महालक्ष्मी बिकास बैंक प्रमुख दिपेश अर्याल , समाजसेबी युवा नेता कमलेश चौधरी , चन्द्र बढाई लगायतको उपस्थिति रहेको थियो ।