जबरजस्ती करणी उद्योगको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा हेर्दाहेर्दैमा गएको छ । मुद्दाको बहस सकिए पनि समय अभावका कारण फैसला सोमबार मात्रै हुने भएको हो ।
जबरजस्ती करणी उद्योगको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको जिल्ला अदालत काठमाडौंमा दुवै पक्षका वकिलहरुको बहस सकिए पनि फैसला सोमबारमात्र हुने भएको हो ।
समय अभावको कारण आज फैसला नभएको अदालतले जनाएको छ । न्यायधीश अमरराज पौडेलेको इजलासले आइतबार बहस गरेको थियो । महराको पक्षमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, सविता भण्डारीलगायतले बहस गरेका थिए ।
गत १२ असोजमा संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा महरामाथि लागेको थियो । पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि गत १९ असोजमा अदालतको अनुमतिमा प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।
जिल्ला अदालतले १८ कात्तिकमा थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि महरा उच्च अदालत पाटन पुगेका थिए । तर उच्च पाटनका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले जिल्ला अदालत काठमाडौंको आदेश सदर गर्दै महरालाई थुनामा राख्न आदेश दिएको थियो ।हिमालखबर.कम