पूर्वडीआईजी रमेश खरेलले नयाँ पार्टी खोल्ने, बिहीबार घोषणा हुँदै, ज्ञानेन्द्र शाही पनि समेटिने

  • १४ फाल्गुन २०७६, बुधबार १०:५१ मा प्रकाशित
  • काठमाडौँ । नेपाल प्रहरीमा सक्षम र इमान्दार अधिकृतको छवि बनाएका पूर्वडीआईजी रमेश खरेलले पनि नयाँ पार्टी खोल्ने भएका छन् । भोलि बिहीबार दलको औपचारिक घोषणा गरिनेछ ।

    भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने खरेलले बताएका छन्। पार्टी स्थापनाको उद्देश्यले उनले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गरेका छन् ।

    खरेल संयोजक रहेको अभियानमा देवेन्द्र सिटौला, ज्ञानेन्द्र शाहीलगायत पनि आबद्ध छन्। शाही आफूलाई भ्रष्टाचार विरोधी अभियान्ता भनेर चर्चामा आएका छन् । उनी विवादास्पद व्यक्ति पनि हुन् ।

    खरेलको पार्टीमा पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई पनि समेटिने बताइएको छ । क्यानाडा नेपाल. कम बाट

    Leave a Reply