
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटी बैठकले पार्टी र सरकारका बीचको असमझदारीको अन्त्य गरेको बताएका छन्।
उनले आज पोखरामा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा ५ दिन चलेको केन्द्रीय कमिटी बैठकले पार्टीले सरकारको नेतृत्व गर्ने कुरामा स्पष्ट पारेको बताए। केन्द्रीय कमिटी बैठकले सदस्यहरुबीच भावनात्मक अन्तरघुलन भएको पनि उनले बताए।
त्यस्तै प्रचण्डले नेपालमा कोरोना भाइरस प्रभावितहरु नभएको बताए। कोरोना भाइरसबाट नेपालमा त्रसित हुनुपर्ने अवस्था नरहेको उनले बताए। चीनमा भएका नेपालीहरुलाई फिर्ता ल्याउने काम भइरहेको उनको भनाइ थियो।
उनले भने, ‘त्रसित हुनुपर्ने अवस्था छैन, तर शतर्क भने रहनुपर्छ। सशंकित हुनुपर्ने स्थिति छैन।’
चीनलाई नरुचाउनेले प्रचार गरेको हुनुपर्छ भनेको र पश्चिमा शक्तिले वक्तव्य जारी गरेको प्रसंग पनि उनले सुनाए। उनले एमसिसीको विषयमा ३ सदस्य कार्यदलले काम शुरु गरेको बताउँदै कार्यदलले अध्ययन गरेर रिपोर्ट दिएपछि पार्टीले निर्णय गर्ने बताए।
उनले मंगलवार साँझ बालुवाटारमा भएको सारंगी साँझमा आफू नहुनु संयोग मात्र भएको बताए।
‘बालुवाटारमा हुँदा प्रधानमन्त्रीले सानो कार्यक्रम छ आउनुपर्यो भन्नुभो। मैले पोखरा जाने कार्यक्रम बनाइसकेको छु भनेँ। मैले विशेष ढंगले सोचेको थिएँ भन्नुभयो। तर यहाँ आउनु मेरो संयोग मात्र हो। पहिलोपोस्ट बाट