काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । आज दिउँसो २ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल हुने कांग्रेस कार्यालयले जनाएको छ ।
यसअघि माघ २३ गते बोलाइएको बैठकमा शीर्ष नेताले काठमाडौं बाहिर भएकाले एजेन्डा तय हुन नसकेको कारण देखाउँदै स्थगित गरिएको थियो ।
बैठकमा यसअघि निलम्बन गरिएका विधान सम्बन्धमा पनि छलफल हुने भएको छ ।बारह्खरी.कम