काठमाडौं – नेपाली समाजमा कोदोको परिकारलाई महत्वपुर्ण परिकार मानिन्छ । कोदोको रोटी र ढिडो नखाने नेपाली कमै होलान् । जाडो मौसममा कोदोको परिकार खानु निकै राम्रो हुन्छ । खाँदा मिठो हुने कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व पाइन्छ ।
यसको सेबनले शरिरमा उर्जा दिन्छ । यसको ढिडो खाएमा लामो समयसम्म भोक लाग्दैन । कोदोको ढिडो सेबन गर्ने गरेमा तौल नियन्त्रण हुन्छ । यसले तौल घटाउन पनि सहयोग गर्छ । पचाउन सजिलो हुने कोदोको ढिडोको सेबनले रक्तचाप नियन्त्रण हुन्छ ।
किनकी यसमा पोटेसियम र म्याग्नेसियम हुन्छ । यसले कब्जियत र ग्यासको समस्या समाधान गर्छ । यसको सेबनले मधुमेहको खतराबाट बच्न सकिन्छ । आमाले कोदोको ढिडो सेबन गरेमा दूध बढ्छ । यसले रगतको कमी हुन दिँदैन । कोदोको ढिडो सेबन गर्नाले मृगौला र कलेजोको रोग लाग्नबाट बच्न सकिन्छ ।