भारतीय कम्पनीको काम भन्दै १३ वर्षीया बालिकालाई पुर्‍याइयो वेश्यालय

  • १० माघ २०७६, शुक्रबार २१:५० मा प्रकाशित
  • मदिराको नसामा ‘पोर्न भिडियो’ देखाउँदै शोषण

    सांकेतिक तस्वीर

    काठमाडौं- प्रतिमा राई (नाम परिवर्तन) काठमाडौंस्थित एक विद्यालयको कक्षा ९ मा अध्ययनरत थिइन्। सौतेनी आमाको टोकसो र कचकचमा हुर्किएकी प्रतिमामाथि तनावको थुप्रो थियो। 

    धेरै पढ्ने, ठूलो मान्छे बन्ने रहर त थियो तर त्यसलाई पूरा गर्न सक्ने वातावरण नै थिएन। सधैं कचकच हुँदा उनको पढाइ पनि खस्कँदै गएको थियो।

    प्रतिमालाई पढाइ छाडेर कतै काम गर्न पाए आफ्नो लागि आफैँ खर्च जुट्थ्यो भन्ने लागेको थियो। उनले धेरै ठाउँमा काम बुझिन्। उनी सानै थिइन् काम कसैले पत्याएको थिएन। 

    कामको खोजीमा रहेकी प्रतिमालाई गाउँकी भाउजु पर्ने एक महिलाले भारतमा खुब राम्रो काम भएको सुनाइन्।

    कामः सजिलो
    कम्पनीः होण्डा 
    तलबः मासिक २० हजार
    स्थानः भारत

    महिनामा २० हजार कमाइ हुने सुन्नेबित्तिकै पढाइ, परिवार, सौतेनी आमाको कचकच सबैसँग टाढा रहन खोजिरहेकी नाबालक प्रतिमाको मन लोभियो। ‘महिनामा २० हजार कमाइ हुन्छ भने त म भारत जान्छु। अहिले कमाउँछु बरु पछि पढ्छु’ प्रतिमाले सोचिन्।
    कुरा २०७३ साल कात्तिकको हो। ‘सञ्जु भन्ने मेरी नजिककी साथी छ, उसैले काममा पुर्यााउन सहयोग गर्छिन्,’ भाउजुले प्रतिमालाई भनिन्। 

    कात्तिक महिनामै उनकी भाउजुले उनलाई सञ्जु लामा नाम गरेकी अर्की महिलासँग भेट गराउँछिन्। काठमाडौंबाट सञ्जु लामाले प्रतिमालाई धनुषाको ढल्केबर पुर्‍याउँछिन्। त्यसपछि सञ्जुले प्रतिमालाई भारत पुर्‍याउँने जिम्मा उनकी साथी सीता लामा भन्ने सिम्रन तामाङलाई दिन्छिन्। प्रतिमा सिम्रनको साथ भारत जाने भइन्।

    सिम्रनले प्रतिमालाई विरगञ्ज रक्सौल हुँदै रेलबाट दिल्लीको रानीबागस्थित जोत्स्ना भन्ने जुनाकुमारी खड्का भएको ठाउँमा लगेर जिम्मा लगाइन्। प्रतिमाले घर सफा गर्ने, भाडा माझ्ने सामान्य काम गर्नु पथ्र्यो। 

    काठमाडौंमा उनकी भाउजुले भनेको होण्डा कम्पनीको काम केही समयपछि पाइने भनेर जुनाकुमारीले प्रतिमालाई भुलाइरहिन्। दिनहरु बित्दै गए, तर प्रतिमाले होण्डा कम्पनीमा काम गरेर महिनाको २० हजार तलब थाप्ने दिन कहिल्यै आएन। 
    बरु उनलाई त्यहीँ सरसफाइको कामसँगै यौन उत्तेजित हुने क्रियाकलापमा संलग्न गराइयो।

    ‘मलाई सुरुसुरुमा घर सरसफाइ गर्न लगाइयो। त्यसपछि मलाई पोर्न (अश्लील) भिडियो हेर्न लगाइयो’ मलाई शंका लागेर घर फर्किन्छु भन्दा तलाईँ १५ हजार भारुमा किनेको हो। त्यो रकम नतिरेसम्म जान मिल्दैन भनेर जर्बजस्ती राखियो,’ प्रतिमाले अनुसन्धानका क्रममा प्रहरीसमक्ष भनेकी छन्।

    प्रतिमालाई परिवारको कोहीसँग सम्पर्क गर्न दिइएन। उनलाई बुझाउने १५ हजार भारु कहाँबाट ल्याउनु प्रतिमाले? अब जुनाकुमारीले जे भन्छिन् सोअनुसार चल्नुको विकल्प थिएन  उनीसँग।

    जुनाकुमारीले प्रतिमालाई मदिरा सेवनका लागि जबर्जस्ती गर्न थालिन्। मदिराको मात्रा हरेक दिन बढाउँदै लगियो। मदिराले लट्ठ भएकी प्रतिमालाई विभिन्न अश्लील भिडियोहरु देखाइ यौनजन्य कार्यमा संलग्न हुन उत्प्रेरित गराउन थालियो। घर सरसफाइ गर्ने र अश्लील भिडियो हेर्ने प्रतिमाको दैनिकी बन्यो। 

    जुनाकुमारीले एकदिन प्रतिमालाई ब्युटिपार्लर पुर्यालइन्। सिंगारपटार गरेर सुन्दर भएकी प्रतिमालाई कोठामा ल्याएर सबै कपडा खोलिदिइन्। उनको शरीरमा भित्रि वस्त्रमात्र थिए। सोही हुलियामा जुनाले फोटो खिचिदिइन् र कतै पठाइन्।

    केही समयपछि जुनाले प्रतिमालाई टेम्पोमा राखेर एक होटलमा पुर्याकइन्। होटलको बन्द कोठामा उनलाई छाडेर जुना कता गइन् कता?

    कोठामा एक भारतीय थिए। लगभग आफ्नै बाबुजत्तिकै उमेरका। उनले ढोकाको चुकुल लगाएर यौन प्यास मेटे।

    प्रतिमा चिच्याइन्। बन्द कोठामा उनको चित्कार कस्ले सुन्ने? उनको चित्कारको कुनै अर्थ रहेन।

    प्रतिमाको जीवनमा यस्ता घटना दोहोरिरहे। हरेक दिन उनी भारतीय र नेपाली युवाहरुको यौन प्यासको सिकार बनिरहिन्।

    जुनाकुमारीले उनलाई प्रायजसो ब्युटिपार्लर पुर्या उँथिन्। ब्युटिपार्लरबाट कोठा, होटल, वेश्यालय र जता ग्राहक छन् उतै लग्थिन्। जुनाकुमारीले आफैँ वा अन्य कुनै विश्वासिलो मानिसहरुसँग ट्याक्सी वा टेम्पोमा राखेर भारतका विभिन्न होटलहरुमा पुर्‍याउँथिन्।।

    उनीसँग यौन प्यास मेटाउनेमा नेपाली युवा पनि थिए। प्रतिमाले दिएको बयानअनुसार नेपालका रंगमञ्चमा चर्चित भनेर नाम लिने युवाहरु पनि उनीसँग यौन प्यास मेटाउने गर्थे। जुनाकुमारीले नेपालसम्म पनि ग्राहकसँग यौनसम्पर्कका लागि पुर्या उने गरेको बयानमा उल्लेख छ।

    दिनमा ३ देखि ५ जना पुरुषसँग यौन सम्पर्क गर्नु पथ्र्यो। प्रतिमाले एक जनासँग यौनसम्पर्क गरेबापत जुनाले ग्राहकबाट ५० हजार रुपैयाँ लिने गरेको उल्लेख छ।

    ‘भारतीय ग्राहकसँग हिन्दीमा बोल्नु पथ्र्यो, मलाई राम्रोसँग भाषा आउँदैन थियो। त्यसैले मलाई एक भाषा प्रशिक्षण केन्द्रमा लैजान थालियो,’ प्रतिमाले बयानमा भनेकी छन्। भाषा प्रशिक्षण केन्द्रमा पुर्या्उन र लिन जुनाकुमारी आफैँ पुग्थिन्। जुनाकुमारी सँगै हुँदा प्रतिमाले त्यो दर्दनाक जीवनबाट छुटकारा पाउने कुनै बाटो पाइनन्। जुनाकुमारीले जता पुर्यौउँछिन् जे भन्छिन्, प्रतिमाले मानी रहिन्।

    प्रतिमाले अध्ययन गर्ने केन्द्रमा भारतीय साथीहरु पनि थिए। तर, उनीहरुलाई के थाहा प्रतिमाको अँध्यारो कोठाभित्रको दर्दनाक व्यथा। प्रतिमाले पनि साथीहरुलाई आफ्नो वास्तविकता सुनाउने हिम्मत गर्न सकेकै थिइनन्।

    गत मंसिरमा हजुरआमाको मृत्यु भएको भन्दै प्रतिमालाई साथीहरुको जिम्मामा छाडेर जुनाकुमारी नेपाल फर्किइन्। जुनाकुमारी नेपाल आएपछि कोठा र भाषा अध्ययन गर्ने ठाउँसम्म प्रतिमा एक्लै हिँड्न पाइन्। जुनाकुमारी नभएको मौकामा प्रतिमासँग थोरै हिम्मत पनि थपियो। उनी एकदिन इन्स्टिच्युटबाट कोठा नगएर सिधै साथीकोमा गइन्।

    ‘मलाई बन्धक बनाएर राखिएको छ, त्यहाँबाट कतै जान पाउँदिन, क्लास सकिएपछि फेरि ग्राहकहरुसँग यौन सम्पर्क राख्न जानु पर्छ,’ उनले साथीलाई आफ्नो वास्तविकता सुनाइन् र रोइन्। ‘चिन्ता नगर यस्तो समस्या छ भने तिमी फेरि त्यहाँ नजाउ म तिम्रो ममि(बाबालाई खबर गरिदिन्छु,’ उनको पीडामा साथीले ढाडस् दिइन्।

    प्रतिमा त्यो दिन साथीकोमा नै बसिन्। फेसबुकमार्फत् आफ्ना बुबालाई सम्पर्क गरिन्। भारतमा आफूले भोगेको दर्दनाक अवस्था बुबालाई सुनाइन्।

    छोरी भारतमा बेचिएको थाहा पाएपछि बुबाले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा खबर गरे। ‘प्रतिमाका बुबाले हामीलाई खबर गर्नु भयो। भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र सामाजिक संघसंस्थाको सहयोगमा हामीले प्रतिमालाई उद्धार गर्‍याैं, केही समय पुनर्स्थापना केन्द्रमा राखेर परिवारको जिम्मा लगाएका छौँ,’ ब्यूरोका डिएसपी नरहरि रेग्मीले नेपाल लाइभसँग भने।

    प्रतिमालाई प्रहरीले गत मंसिर ९ गते नेपाल फर्काइएको हो। सोही दिन ब्यूरोबाट खटिएको टोलीले धनुषा ढल्केबरबाट धनुषा बेंगाडार ६ घर भई हाल दिल्लीमा वेश्यालय सञ्चालन गरी नेपाली युवतीहरु ओसापसार तथा बेचबिखन गर्दै आएकी जोस्ना भन्ने जुनाकुमारी खड्का, पर्सा विरगञ्ज १० घर भई हाल धनुषा जिल्ला बेंगगाडाबर ६ बस्ने सीता लामा भन्ने सिम्रन तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

    सिम्रन तामाङ नेपालबाट युवतीहरु भारतको दिल्लीसम्म ओसार्ने काममा संलग्न रहेको प्रहरीले जनाएको छ। 

    मानब बेचबिखन तथा ओसारपसारमा संलग्न उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको र सोहीऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ। पछिल्लो समय युवतीहरुलाई रोजगारीको प्रलोभन देखाएर छिमेकी मुलुक भारत, चीनसँगै खाडी तथा अप्रिकी मुलकहरुमा पुर्योइ बेचबिखन गर्ने गरेका घटना बढ्दै गएको प्रहरीले जनाएको छ। नेपाललाइभ.कम बाट साभार

    Leave a Reply