उमेश कुशवाहा बिरगंज माघ-१०
बहुदरमाई नगरपालिकामा आज तोड़ फोड़ , आगजनी, तथा बिधर्थीहरु सीत झड़प समेत भएको छ।
पर्साको बहुदरमाई नगरपालिका–३ नगरदाहस्थित महावीर साह माध्यमिक विद्यालयका विद्यार्थीहरुले तोड़ फोड़,आगजनी तथा प्रदर्शन गरेका छन् । विद्यालयमा नियमित पठन पाठन नभएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले नगरपालिकाकाे ना. १ ब. २९०६ नम्बरकाे प्लसर माेटरसाइकल जलाउनुकाे साथै कार्यालयकाे फर्निचर तथा कागजपत्र समेत जलाइदिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए । नगरपालिका कार्यालयकाे एक वटा माेटरसाइकल, ७ वटा डेक्सटप कम्प्युटर, एक सेट साेफा, टेबल, कुर्सी, सिसि टिभी क्यामरा र कागजपत्र विद्यार्थीहरुले जलाएकाे प्रहरी निरिक्षक सिंहले वताए ।
विद्यार्थीहरुले नगर कार्यपालिका कार्यालयकाे दर्ता चलानी रजिष्टर लागतकाे कागजपत्र पनि चएका छन।
विद्यालयमा प्रदर्शनपछि नगरपालिकामा पत्र बुझाउन जादा मेयर नितेन्द्र साहले कार्यालयमा नभेटिए पछि विद्यार्थी,स्थानीय,र क्रमचारी बीच झडप समेत भएको थियो
। झडपमा परी केही विद्यार्थी घाइतेसमेत भएका छन् । झडपमा कक्षा ९ का सञ्जयकुमार तुराहा, अजय कुमार तुराहा कक्षा ७ का शेषनाग प्रसाद यादव, पुनिता कुमारी पटेल घाइते भएका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । टाउको र खुट्टामा चोट लागेको छ ।
नगरपालिकाका कर्मचारी र मेयर साह पक्षधर केही स्थानियहरुले विद्यार्थीहरुलाई कुटपिट गरे पछि झन आक्राेसित बनेका विद्यार्थीहरु ताेडफाेड र आगजनीमा उत्रेका थिए ।
बिधर्थीहरुले टायर बालेर प्रदर्शन पनि गरेका थिए। तोड़ फोड़ तथा आगजनीबाट लगभग अनुमानती २५ लाख बराबरको छती भएको छ।