पालुङटारमा एकै दिन ४ सय जनाको स्वास्थ्य परिक्षण, पुरुषको दाजोमा महिला बिरामी धेरै

  • १३ माघ २०७६, सोमबार २१:५८ मा प्रकाशित
  • गोरखा । पालुङ्टारमा भएको निशुल्क स्वास्थ्य शिविरमा एकै दिन ४ सय जनाको स्वास्थ्य परिक्षण भएको छ ।

    रोटरी क्लब अफ बज्र मनासलु गोरखाको आयोजना तथा पालुङ्टार नगरपालिकाको समन्वयमा वडा नम्बर ७ को खत्रीटारमा भएको एक दिने शिविरमा ४ सय ४ जनाको स्वास्थ्य जाँच भएको हो । जसमा पुरुषको तुलनामा महिला झण्डै तेब्बर छन् ।

    २ सय ९४ जना महिलाले शिविरमा स्वास्थ्य परिक्षण गराउदा पुरुष भने १ सय १० जना मात्रै रहेको कार्यक्रम संयोजक विनोद अर्यालले जानकारी दिए ।

    शिविरमा २ सय ८७ जनाले जनरल, १ सय १७ जनाले स्त्रीरोग सम्बन्धि समस्या तथा ९० जनाले भिडियो एक्स्रे गराएका छन् ।

    विज्ञान पोलिक्लिनिक सेन्टर प्रा.लि. (अर्याल मेडिकल हल) को प्राविधिक सहयोगमा भएको शिविरमा वडा नम्बर ७ र ८ का जनता प्रत्यक्ष लाभाञ्वित भएका थिए ।

    विभिन्न रोगका विशेषज्ञ चिकित्सक सहितको टोलीबाट चेकजाँच गरिएको शिविरमा पाठेघर, पेट, श्वासप्रश्वास, हाडजोर्नी लगायतका समस्या भएका बिरामीहरुले सेवा लिएका थिए ।

    रोटरी क्लब अफ बज्र मनासलुका अध्यक्ष रुषबाबु जोशीको अध्यक्षतामा भएको शिविरको उद्घाटन पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कडेंलले गरेका थिए ।

    शिविरमा स्वास्थ्य परिक्षण गराएका बिरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको संयोजक अर्यालले बताए ।

    कार्यक्रममा पालुङटारकी उपप्रमुख पम्फा बसेल, वडा नम्बर ६ का वडाध्यक्ष गोविन्द बराकोटी, ७ का वडाध्यक्ष बसन्तकुमार श्रेष्ठ, स्त्रीरोग विशेषज्ञ डा. राम प्रसाद सापकोटा, क्लबका इलेक्ट प्रेसिडेण्ट विष्णु राना मगर लगायतले मन्तब्य राखेको क्लबका सचिव शिशुबाबु प्रधानले जानकारी दिए ।

    शिविरमा बढी भएका औषधी भने सोही वडाको स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । सिभिलखबर बाट साभार

    Leave a Reply