नेकपाका ७६ जना अगुवाहरु नेकपा छाडेर कांग्रेस प्रबेश ।

  • ८ माघ २०७६, बुधबार २२:२६ मा प्रकाशित
  • स्याङ्जाका ७६ जना मुस्लिम अगुवा नेपाली कांग्रेसमा प्रबेश गरेका छन्। नेपाल मुस्लिम संघको पहलमा उनीहरु कांग्रेस प्रबेश गरेका हुन्।

    संघका अध्यक्ष अब्दुल सत्तारका अनुसार कांग्रेस प्रबेश गर्नेहरुमा मोहम्मद रहिम, शुभान निसा, अनुर खाँन, मुन्दुर दिन, हबिब मिया ल्याकत लगायतका ७६ जना छन्। सत्तारका अनुसार उनीहरु सबै पूर्ब एमालेका जिल्लास्तरका सक्रिय नेताकार्यकर्ता हुन्।

    जनतालाई झुठा आश्वासन दिने नेकपाबाट मुलुकको विकास संभब नहुने भन्दै लोकतन्त्रप्रतिको नेपाली कांग्रेसको अटुट बिश्वासका कारण आफूहरु कांग्रे प्रबेश गरेको उनीहरुले बताएका छन्।

    यसैबीच,नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल मुस्लिम संघ स्याङ्जाको तेस्रो जिल्ला अधिबेशनले अलि मियाँ (मुमु) को अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन गरेको छ।

    कार्यसमितिको उपाध्यक्षमा अहमद अलि मियाँ(रमजान), सचिबमा हा. महमद करीम, सहसचिबमा साहेरा वानु, कोषाध्यक्षमा इमाम मोहम्मद सरीफ र सहकोषाध्यक्षमा मुवारक अलि चयन भएका छन्।

    यसैगरी कार्यसमितिका सदस्यहरुमा रहि बक्स मियाँ, मौलाना आजाद, मोहम्मद अमिन, रमजान मियाँ, साविर दिन मियाँ,मोहम्मद ईक्वाल, सरफराज अलि छन्। कार्य समितिका अन्य सदस्यमा अहमद हुसेन,रमजान अलि, फरिदा खातुन, मुनुरदिन मियाँ, निजामदीन मियाँ, अयुव अलि,अहमद मियाँ, ताज मोहम्मद मियाँ,मोहमद अलि(इमाम),अब्दुल अलि,मोहम्मद साहिद र मुन्नी नीसा रहेका छन्। स्पेसखबर बाट

    Leave a Reply