दुई मात्र छोरी भए ‘प्लस टु’ शिक्षा निशुल्क

  • १५ माघ २०७६, बुधबार १९:३९ मा प्रकाशित
  • अजिरकोट गाउँपालिकामा दुई छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गरेका दम्पत्तिको दुवै छोरीहरुले ११ र १२ कक्षा निशुल्क पढ्न पाउने भएका छन् ।
    चालु आर्थिक बर्षबाट गाउँपालिकाले उनीहरुलाइ ११ र १२ को शिक्षाका लागी छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।

    छोरी भए पुगेसरी निशुल्क शिक्षा कार्यक्रम अन्तरगत छात्रवृत्ति उपलब्ध गराइने गाउँपालिकाका सूचना अधिकारी सुरेश दवाडीले बताए । ‘यो बर्ष कार्यक्रम ल्याएका हौ,’ उनले भने, ‘अहिलेलाइ एक लाख रकम छुट्याइएको छ ।’

    रकम अपुग भए हिउँदे अधिवेशन बाट पास गराएर रकम थप गर्न सकिने उनले बताए । उनका अनुसार नेपालभर जुनसुकै शैक्षिक संस्थामा अध्ययन गरेपनि छात्रवृत्ति उपलब्ध गराइने छ ।

    ‘जुन फ्याकल्टी पढेपनि हुन्छ, जहाँको कलेज पढेपनि हुन्छ, हामी पढ्दा लाग्ने शुल्क तिरिदिन्छौ,’ उनले  भने । छात्रवृत्तिका लागी निवेदन संकलनको काम भइरहेको उनले बताए । हाल सम्म सात वटा निवदेन परेको उनले जानकारी   दिए । ‘दुइ वा एक छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गरेका दम्पतिका छोरीहरु प्लस टु मा पढ्दै छन् भने गाउँपालिका कार्यालयको शिक्षा शाखामा आएर उहाहरुले निवदेन दिनसक्नुहुनेछ, सामाजिक बिकास समितिले आएको निवदेनमाथि छानविन गरी छात्रवृत्तिका लागी स्वीकृत गर्छ अनि छात्रवृत्ति उपलब्ध हुन्छ,’ दवाडीले भने ।

    जनसंख्या बृद्धि दरलाई न्यूनिकरण गर्न कार्यक्रम ल्याइएको उनले बताए ।

    ‘छोरा पाउने आशमा धेरै सन्तान जन्माउने अनि छोरा नै चाहिन्छ भन्ने मानसिकता हटाउन पनि हामीले यो कार्यक्रम ल्याएको हौ, यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिदै लान्छौ,’ दवाडीले भने । अनलाईनगोर्खा.कम

    Leave a Reply