संविधान संशोधन नगरे ज्वालामुखी विस्फोट हुने , उपेन्द्र यादव !

  • १४ पुष २०७६, सोमबार २२:१३ मा प्रकाशित
  • जनकपुर । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संविधान संशोधन नगरे ज्वालामुखी विस्फोट हुने चेतावनी दिएको छन् । सोमबार महोत्तरीको जलेश्वरमा यादवले संविधान संशोधन नगरी सरकार अगाडी बढे मुलुकमा ठूलो विस्फोट हुने चेतावनी दिएका हुन् ।


    समाजवादी युवा संघको पहिलो जिल्ला सम्मेलनमा अध्यक्ष यादवले भने, ‘ज्वालामुखी भित्रभित्रै जलिरहेको हुन्छ र एक विन्दुमा पुगेपछि विस्फोट हुन्छ । त्यसरी नै मधेसी र पहाडका जनजाती भित्रभित्रै छटपटाई रहेको छ । समयमै नचेते ठूलो विस्फोट हुन्छ ।’

    विस्फोटमा मधेसी जनताको जीत हुने भन्दै यसको लागि मधेसी जनता आन्दोलनको लागि तयार रहन समेत उनले अपिल गरे । संविधान संशोधन गराउने लक्ष्यका साथ सरकारमा गएको र संविधान संशोधन नभएपछि सरकार छाडेको उनले दावी गरे । उनले अब संसद र सडक संघर्ष गर्ने उद्घोष गरे।

    रातोपाटीबाट साभार ।

    Leave a Reply