बसन्त अनुभब-
दाङ्ग, आसन्न उपनिर्वाचनलाई मध्यनजर राखी जिल्ला प्रशासन कार्यालय दाङले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी मंसिर १४ गते दाङ जिल्लामा सम्पन्न हुन गइरहेको प्रदेश सभा निर्वाचन क्षेत्र नं.३(२) को प्रदेश सभा सदस्य तथा घोराही उपमहानगरपालिका वडा नं.१६ को वडाध्यक्ष पदको उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष,धाधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भन्दै मतदान हुने दिन अर्थात आगामी मंसिर १४ गते घोराही उपमहानगरपालिका वडा नं.१६ को हकमा घोराही -तुल्सिपुर सडकखण्डको रतनपुर चोकदेखी पश्चिम, गुर्जे खोला देखी पुर्व लगायत वडा नं. १६ का मतदान हुने सम्पुर्ण क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र नं. ३(२) को हकमा अमिलिया-तुल्सिपुर सडकखण्डको अमिलिया देखि जसपुर सम्म र तुल्सिपुर-सुर्खेत खण्डको तुल्सिपुर उपमहानगरपालिकाको गहते खोला देखि पश्चिम सल्यान-दाङ सिमाना देखि पुर्व प्रदेश सभा निर्वाचन क्षेत्र नं. ३(२) का मतदान हुने सम्पुर्ण क्षेत्रमा विहान ५ बजेदेखी बेलुका ६ बजेसम्म सवारी साधन चलाउन रोक लगाएको छ । विरामी बोक्ने एम्बुलेन्स र गाडी चलाउने सवारी पास लिएका सवारी साधन भने चलाउन सकिने भनिएको छ ।