सरकारी वकिल र प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

  • ५ मंसिर २०७६, बिहीबार १५:४४ मा प्रकाशित
  • -बसन्त के सी

    कमिरेचौर ,४ मसिर।
    दाङको बंगलाचुलीमा सरकारी वकिल र प्रहरी साझेदारी कार्यक्रम एक कार्यक्रम बिच सप्पन्न भएको छ । कानुन भन्दा माथी कोही पनि जान नहुुने कुरा बारे बुुधबार संचालित उक्त कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनिहरुले जानेर वा नजानेर जस्तो सुुकै अवस्थामा पनि कानुुन बिपरीत काम गर्नेले सजाय भोग्नै पर्ने भन्दै सबैले कानुुनको पालन गर्नु पर्ने बताएका छन् ।
    दाङको बंगलाचुली गाउँपालिकामा आयोजीत समुदायमा सरकारी वकिल र प्रहरी साझेदारी कार्यक्रमको अवसरमा बोल्ने सरोकारवाला पक्षहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै बंगलाचुली गा.पा.अध्यक्ष भक्त बहादुर ओलीले जनतालाई कानुुनी राज्यको आभास दिनाउनका लागि सम्वद्ध सबैले आ–आफ्नो क्षेत्रबाट लागि पर्नु पर्ने बताउनु भयो ।
    अध्यक्ष ओलीले राज्यले अहिले थालनी गरेको सारकारी वकील र प्रहरी साझेदारी कार्यक्रमबाट धेरै राम्रा कानुुनका कुराहरु सिक्न पाएको भन्दै आगामी दिनहरुमा गाउँपालीकामा यस्ता खालका कार्यक्रमहरुको आयोजना गर्दै जाने बताउनु भयो ।


    यस्तै कार्यक्रममा जिल्ला न्यायाधिबक्ता सुशील देवकोटाले कार्यक्रमका सहभागीहरुले राखेका विविध जिज्ञासाको बारेमा प्रस्ट पार्नुभएको थियो । सो अवसरमा उहाँले नयाँ लागुभएको मुुलुुकी ऐनका विभिन्न कानुुनी पक्षको बारेमा जानकारी गराउनु भएको थियो ।
    यसैगरी कार्यक्रममा दाङ जिल्ला सरकारी वकिल कार्यालयलका सहायक जिल्ला न्यायाधिवक्ता ढक बहादुर रावत , जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक राजन कुमार गौतम लगाएतले बोल्नुभएको थियो ।
    कार्यक्रममा बंगलाचुली गाउँपालिकाका जनप्रतीनिधिहरु,विद्यार्थीहरु,विभिन्न राजनीतिक दलका प्रमुुख तथा प्रतिनीधिहरु,ईलाका प्रहरी कमिरेचौरका प्रहरी प्रमुख तथा प्रतिनिधीहरु,स्वाथ्यकर्मीहरु लगाएतको सहभागीता रहेको थियो । सहभागीहरुले कार्यक्रममा नयाँ कानुुनको बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रमको सहजीकरण शिवराज पौडेलले गर्नु भएको थियो

    Leave a Reply