मुम्बईमा उपचार्थ मुस्लिम समुदायको धर्मगुरु जैश मोहम्मद ‘सेरे नेपाल’को निधन !!

  • ११ मंसिर २०७६, बुधबार १३:३१ मा प्रकाशित
  • समर्पण रम्जान दिन मियाँ


    जनकपुरधाम उपहानगरपालिका लोहनाका ८५ वर्षीय नेपाली मुस्लिम समुदायका, नेपालमा मात्र मात्र नभई भारत, वंगलादेश, मिस्रसहितको देशमा चर्चित धर्मगुरु मौलना, मुफ्ती, कारी जैश मोहम्मदको निधन भएको छ ।
    मृगैला सम्बन्धी रोगदेखिएपछि उनलाई उपचारको लागि मुम्बईको अस्पतालमा लगिएको थियो । भारतको मुम्बई अस्पतालमा उपचार्थ शेर-ए नेपालको दुबै मृगौलाले काम नगरेको डाक्टरी रिपोर्टले बताए पछि स्वास्थ्य अवस्था बिग्रिदै जाँदा उनलाई एम्बुलेन्समार्फत नेपाल ल्याउने क्रममा गत ९, मंग्सिर, सोमबार राति भारतको लखनउमा निधन भएको थियो ।

    धर्मगुरु मुफ्तीको जनकपुरधामको लोहना शरीफमा आज बुधबार दिउँसो मुस्लिम धर्म अनुसार अन्तिम संस्कार गरि अन्त्यष्टी गरिएको छ ।

    Leave a Reply