बसन्त अनुभब
दाङको कर्णाली भनेर चिनिने बंगलाचुली गाँउपालिकाले यतिबेला बिकासमा फड्को मार्दै गइराखेको छ । मुलुकमा संघियता लागु भइ स्थानीय सरकार बनेसँगै विकासका पुर्वाधार धमाधम तयार भइराखेका छन । गाउँ गाउँ सम्म पुग्ने बाटो निर्माण भइराकेका छन । दाङ जिल्लाकै जिल्ला सदरमुकाम घोराही देखि करिब १९/२० किलोमिटर दुरिमा रहेको बंगलाचुली गा.पा. – २ टाकुरामा पहिलो पटक बस पुगेको छ । परन्तु उक्त राप्ती सार्वजनिक यातायातको ना २ ख ५७३७ को बस बिबाहको सिलसिलामा पुगे पनि स्थानीयबासीले खुशीले गदगद भइ गाडी चालकलाई फूलमाला लगाई दिई स्वागत गरेका छन ।
नियमित बस संचालन गर्न सके घोराही ३/४ घण्टामा पुग्न सकिने र बजारबाट सजिलै नुन, तेल, लगायत आवश्यक सामग्री ल्याउन सकिने स्थानीयहरुको भनाइ रहेको छ । नियमित बस संचालन गर्न सके आवागमनमा सजिलो हुनुका साथै स्थानीय रुपमा उत्पादित तरकारी, फलफूल, जडिबुटी आदि कृषिजन्य उत्पादन बजारसम्म पुराउन सहज हुने र ती बस्तुले राम्रो बजार मूल्य पाउने बिश्वास बंगलाचुली गा.पा. वडा नं. २ का वडा सदस्य भिम कुमार बुढा मगरको रहेको छ ।