• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

संसद र सरकार सही सलामत रहला भन्नेमा शंका छ : ओली

  • २९ असार २०७८, मंगलवार १५:२३ मा प्रकाशित
  • २९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र संसद सही सलामत रहनेमा आफूलाई शंका रहेको बताएका छन् ।
    सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको भोलिपल्ट सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन ओलीले अदालतप्रति आक्रोश पोखेका छन् ।
    अदालतको यो फैसलाको असरहरु आगामी दिनमा देखिने उनले बताए । राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनतालाई वास्तविक अर्थमा सबल बनाउँदै जानुपर्ने बेला राजनीतिलाई विपरीत दिशामा लान खोजिएको भन्दै उनले भने, ‘बाँकी अवधि संसद चलोस्, मेरो शुभकामना छ । समयमा निर्वाचन होस्, तर मलाई शंका छ ।’
    ‘जे जस्ता घटनाक्रम विकास हुँदैछ, यसले संसद पनि सही सलामत अगाडि जाला, अब बन्ने सरकार सही सलातम ढंगले अगाडि बढ्ला भन्नेमा शंकै छ’ उनले अघि भने, ‘यसले विगतमा अग्रणी भूमिका खेल्ने पात्रहरु परिचित छन् । उनीहरुको इतिहास, भूमिका देश र जनतालाई थाहा छ । मैले केही भनिरहनु पर्ला जस्तो लाग्दैन ।’

    Posted in राजनीतिLeave a Comment on संसद र सरकार सही सलामत रहला भन्नेमा शंका छ : ओली

    सर्वोच्चको फैसला (पूर्णपाठ)

  • २९ असार २०७८, मंगलवार १४:१५ मा प्रकाशित
  • सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिटमा फैसला गरेको छ। अदालतले दोस्रोपटक संसद् पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ।

    साथै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन गर्दा सांसदहरूमाथि दलको ह्विप नलाग्ने फैसला पनि सुनाएको छ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले करिब एक महिनाको सुनुवाइपछि सोमबार फैसला सुनाएका हुन्।

    जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । 

    Posted in राजनीतिLeave a Comment on सर्वोच्चको फैसला (पूर्णपाठ)

    देउवा-प्रचण्ड भेटवार्ता सकियो, मन्त्रालय बाँडफाँटबारे छलफल

  • २९ असार २०७८, मंगलवार १४:१२ मा प्रकाशित
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

    माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि देउवालाई भेट्न प्रचण्ड सिंहदरबार आएका थिए। सिंहदरबारमा देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो।

    ‘भेटवार्ता भर्खंरै सकियो,’ प्रचण्डको सचिवालय स्रोतले भन्यो।

    देउवालाई आज राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेकी छन्। आजै देउवाको सपथ हुने र सानो मन्त्रिपरिषद गठन गर्ने तयारी छ।

    मन्त्रालय बाँडफाँटका विषयमा प्रचण्ड र देउवाबीच भेटवार्ता भएको स्रोतको भनाइ छ। कांग्रेसले अर्थ मन्त्रालय आफूसँग राखेर गृह मन्त्रालय माओवादीलाई दिने तयारी रहेको स्रोतको दाबी छ।

    copied:setopati

    Posted in राजनीतिLeave a Comment on देउवा-प्रचण्ड भेटवार्ता सकियो, मन्त्रालय बाँडफाँटबारे छलफल

    नवनियुक्त प्रधानमन्त्री देउवाको सपथ साँझ ६ बजे

  • २९ असार २०७८, मंगलवार १४:०९ मा प्रकाशित
  • नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ ६ बजे पद तथा गोपनियताको सपथ लिने भएका छन्।

    राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

    राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले सेतोपाटीलाई दिएको जानकारीअनुसार मंगलबार साँझ ६ बजे नवनियुक्त प्रधानमन्त्री देउवालाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

    देउवालाई सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। 

    Posted in राजनीतिLeave a Comment on नवनियुक्त प्रधानमन्त्री देउवाको सपथ साँझ ६ बजे

    ओलीले बोलाएको स्थायी कमिटी बैठकमा नेपाल नजाने

  • २८ असार २०७८, सोमबार १५:१८ मा प्रकाशित
  • एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल नजाने भएका छन्।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले आज ५ बजे बालुवाटारमा बोलाएको स्थायी कमिटी बैठकमा नजाने भएका हुन्।

    सेतोपाटीसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले आफूहरू बैठकमा नजाने बताएका हुन्।

    आइतबार एमाले कार्यदलले सहमति गरेसँगै नेपाल पक्ष पनि बैठकमा सहभागी हुने बताइएको थियो।

    सेतोपाटीसँग कुराकानी गर्दै स्थायी कमिटी सदस्य एवम् कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले आफूहरू स्थायी कमिटी बैठकमा जाने बताएका थिए।

    आइतबार भएको सहमतिबाट वरिष्ठ नेता नेपाल भने असन्तुष्ट बनेका थिए।

    Posted in राजनीतिLeave a Comment on ओलीले बोलाएको स्थायी कमिटी बैठकमा नेपाल नजाने

    आफूलाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि देउवाले भने- सर्वोच्चले विधिको शासन बचाएको छ

  • २८ असार २०७८, सोमबार १५:१३ मा प्रकाशित
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनर्स्थापना भएर विधिको शासन बचेको बताएका छन्।

    आज बुढानिलकण्ठस्थित निवासमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिएका देउवाले अदालत कसैको धम्कीदेखि नडराउने पनि बताए।

    फैसलाले स्वतन्त्र न्यायपालिका र संविधान बचाएको देउवाको भनाइ थियो।

    आजै सर्वोच्चले देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

    उनले नयाँ सरकार गठनबारे सोधिएको प्रश्नमा ५ दलमा छलफलपछि निर्णय गरिने बताए। ‘गठबन्धनको बैठक छ, हामी ५ दल सल्लाह गर्दैछौं,’ उनले भने।

    कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सिंहदरबारमा आज अपरान्ह ५ बजे गठबन्धनको बैठक हुने सेतोपाटीलाई बताए।

    copied:sdtopati

    Posted in राजनीतिLeave a Comment on आफूलाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि देउवाले भने- सर्वोच्चले विधिको शासन बचाएको छ

    एमाले कार्यदल बैठक सम्पन्न, १० बुँदे सहमति (सहमतिपत्रसहित)

  • २७ असार २०७८, आईतवार २२:५० मा प्रकाशित
  • काठमाडौं, २७ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ। सिंहदरबारमा बसेको करिब १३ घण्टाको लामो बैठकले १० बुँदे सहमति गरेको छ । कार्यदलको तर्फबाट भीम रावलले सुरुमा मिडियाकर्मीहरुलाई सम्बोधन गर्दै दश बुँदे सहमति भएको जानकारी गराएका थिए । त्यसलगत्तै प्रदीप ज्ञवालीले १० बुँदे वाचन गरेका थिए ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on एमाले कार्यदल बैठक सम्पन्न, १० बुँदे सहमति (सहमतिपत्रसहित)

    सरकारले अध्यादेशको माध्यमले तानाशाही शासन चलाउँदैछ : अनिता देवकोटा

  • २७ असार २०७८, आईतवार १६:०२ मा प्रकाशित
  • २७ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले सरकारले अध्यादेशमार्फत तानाशाही शासन चलाएको आरोप लगाएकी छन् । सरकारले नागरिकको हित विपरीत केवल आफ्नो अभिष्ट पूरा गर्न मात्रै राज्य सञ्चालन गरिरहेको उनको आरोप छ ।
    आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै देवकोटाले आफैं कानून बनाउने, कार्यान्वयन गर्ने र कानूनको व्याख्या गरेर सरकारले निरंकुशता प्रस्तुत गरेको बताइन् ।
    ‘यदि सरकारले अध्यादेशमार्फत सत्ता सञ्चालन गर्ने हो भने यो तानाशाही हुन्छ । नागरिकको हित विपरीत सरकारले आफ्नो अभिष्ट पूरा गर्नको लागि अध्यादेशको माध्यमबाट राज्य सञ्चालन गर्छ,’ उनले भने, ‘आफैं कानून बनाउने, आफैं कार्यान्वयन गर्ने र आफैं कानूनको व्याख्या गर्ने यो प्रजातन्त्रभित्रको निरंकुशता हो ।’
    देवकोटाले सरकारले घोषणा गरे अनुसार कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नगराएको पनि बताइन् । जोखिमभत्ता नपाउँदा स्वास्थ्यकर्मीको मनोबल नबढेको उनको भनाइ छ ।
    महिला हिंसाको घटनामा वृद्धि भइरहेको भन्दै उनले संवेदनशील विषयमा सरकारले फास्ट ट्रयाकका माध्यमबाट अनुसन्धान गरी दोषीहरुलाई कानूनी दायरामा ल्याउन सरकारले ढिला गरेको बताइन् ।

    Posted in राजनीतिLeave a Comment on सरकारले अध्यादेशको माध्यमले तानाशाही शासन चलाउँदैछ : अनिता देवकोटा

    प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा प्रभावित पार्ने गरी सहमति नगर्ने नेपालको अडान

  • २७ असार २०७८, आईतवार १३:१२ मा प्रकाशित
  • काठमाडौँ — एमाले वरिष्ठ नेता माधवकुमार नेपालले फैसलाका क्रममा रहेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई प्रभावित पार्ने गरी सहमति नहुने बताएका छन् । सिंहदरबारमा कार्यदलस्तरीय बैठकअघि भेट्न आएका आफू पक्षीय कार्यदल सदस्यसँग नेपालले  यस्तो धारणा राखेका हुन् ।  
    कार्यदल स्तरमा सहमतिमा हस्ताक्षर गर्ने कोसिस भइरहेका बेला नेता नेपालले अदालतलाई प्रभाव नपार्ने गरी अन्य विषयमा भने सहमति हुन सक्ने जनाउ दिएका छन् । नेता नेपालले कार्यदलले तयार पारेको मस्यौदामा अदालतलाई प्रभाव नपार्ने भाषा राखेर परिमार्जनको खाँचो रहेको समेत बताएका छन् ।
    ‘अदालतको मुद्दालाई तलमाथि पार्ने गरी हतारमा सहमति गर्नुपर्ने कुनै कारण छैन । तपाईंहरूले कोसिस गर्नुभएको छ । मस्यौदामा केही समस्या छन् । थप परिमार्जन गर्नुस्,’ कार्यदल सदस्यलाई नेपालले दिएको निर्देशन उद्धृत गर्दै उनीनिकट एक स्थायी कमिटी सदस्यले बताए ।
    प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला सोमबार आउने भएकाले त्यसअघि नै एमाले एक रहेको सन्देश दिने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समूहको योजना छ । तर, नेपालनिकट एक नेताका अनुसार उनले अदालतलाई प्रभावित बनाउने गरी सहमति र रिटमा प्रयोग भएका हस्ताक्षर फिर्ता नहुने आफ्नो बटमलाइन रहेको बताएका छन् ।
    शनिबार राति स्थायी कमिटी सदस्यहरूसँगको छलफलमा समेत नेता नेपालले बटमलाइन सुनाएको ती नेताले बताए । यसैबीच नेता नेपाललाई निकट केन्द्रीय सदस्यहरूले केन्द्रीय कमिटी सदस्यहरुबीच छलफलबाट परामर्श लिएर निर्णय लिन सुझाव दिएका छन् ।

    Posted in राजनीतिLeave a Comment on प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा प्रभावित पार्ने गरी सहमति नगर्ने नेपालको अडान

    प्रधानमन्त्री ओली बाढी र पहिरोले क्षति पुर्‍याएको सिन्धुपाल्चोक जाँदै

  • २६ असार २०७८, शनिबार ११:०१ मा प्रकाशित
  • प्रधानमन्त्री केपी शर्मा ओली बाढी र पहिरोले क्षति पुर्‍याएको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि सिन्धुपाल्चोक जान लागेका छन्।

    गएको असार १ गते आएको बाढी पहिरोले क्षति गरेको क्षेत्र अवलोकन गर्न ओली सिन्धुपाल्चोक जान लागेका  प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

    ‘नेपाली सेनाको हेलिकप्टरबाट बिहान साढे १० बजे प्रधानमन्त्री ओली मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री जान लाग्नु भएको छ’, सचिवालयले भनेको छ।

    Posted in राजनीतिLeave a Comment on प्रधानमन्त्री ओली बाढी र पहिरोले क्षति पुर्‍याएको सिन्धुपाल्चोक जाँदै

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P