• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

प्रहरी भर्नाविरुद्धको रिट निवेदनमा मधेस प्रदेश सरकारको पक्षमा आएन अन्तरिम आदेश

  • २७ फाल्गुन २०७८, शुक्रबार १७:०४ मा प्रकाशित
  • जनकपुर । मधेस प्रदेश सरकारले संघ सरकारविरुद्ध दायर गरेको मुद्दामाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेपाल प्रहरीका विभिन्न तहमा भर्नाका लागि प्रकाशित विज्ञापन रद्द गर्न माग गर्दैै सर्वोच्च अदालतमा अन्तरिम आदेशको मागसहित मधेस सरकार अन्तर्गत आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले मुद्दा दायर गरेका थिए ।

    सर्वोच्च अदालतका कार्यवाहक प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. मनोजकुमार शर्माको संयुक्त इजलासले निवेदनको अन्तिम सुनवाई हुँदाको समयमा सम्बोधन गर्न उपयुक्त हुने देखिँदा हाललाई अन्तरिम आदेश जारी गर्नु नपर्ने भन्दै नियमानुसार गर्न आदेश दिएको छ ।

    मन्त्री साहले संघीय सरकारले प्रदेश प्रहरी गठन प्रक्रिया अघि बढाउन आनाकानी गरिरहेको आरोप लगाउँदै सर्वोच्च अदालतमा नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाडौं, गृह मन्त्रालय, नेपाल प्रहरीलगायतका विरुद्धमा प्रहरी भर्नामा रोक लगाउन भन्दै मुद्दा दिएका थिए ।

    प्रहरी प्रधान कार्यालयबाट एक हजार ९७९ जना प्रहरी कर्मचारी माग गरी प्रकाशित विज्ञापन नेपालको संविधान र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन २०७६ तथा प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ विपरित भएको भन्दै प्रदेश सरकारले सर्वोच्चमा दायर गरेको रिटमा संविधानद्वारा व्यवस्थित प्रदेशको अधिकारक्षेत्रमाथि अनधिकृत हस्तक्षेप गर्ने अभिप्रायले तत्काललाई उक्त १९७१ जना प्रहरी कर्मचारी माग गरी प्रकाशित भएको विज्ञापन प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्यन नगर्नु नगराउनु भनी अन्तरिम आदेशको माग गरिएको थियो ।

    यस अघि अदालतले अन्तरकालीन आदेश जारी गर्दै सुनुवाई नहुँदासम्मका लागि प्रहरी भर्नामा रोक लगाएको थियो ।

    copied :ratopati

    Posted in राजनीतिLeave a Comment on प्रहरी भर्नाविरुद्धको रिट निवेदनमा मधेस प्रदेश सरकारको पक्षमा आएन अन्तरिम आदेश

    एमसीसी टेण्डरका लागि तयार रहन प्रधानमन्त्रीको आग्रह

  • २७ फाल्गुन २०७८, शुक्रबार १४:५२ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित भइसकेपछि अब यस अन्तर्गत हुने पूर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई आह्वान गरेका छन् ।

    नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने बाध्यता रहेको बताए । देउवाले नेपालका निर्माण व्यवसायीले पनि यसमा भाग लिन आग्रह गरे ।

    देउवाले भने, ‘एमसीसीमा ग्लोबल बिडिङ हुन्छ, नेपालको ठेकेदारले पनि प्रतिस्पर्धा गर्नुस्, सफल हुनुस् । म सबैभन्दा बढी खुशी हुनेछ । अन्तर्राष्टिय बिडिङ हुन्छ, यसमा संसारका जो पनि आउन सक्छ ,चीन र भारतका आउन सक्छन् । नेपालका तपाईहरुहरु पनि धेरैभन्दा धेरै सहभागी हुनुस् ।’

    Posted in राजनीतिLeave a Comment on एमसीसी टेण्डरका लागि तयार रहन प्रधानमन्त्रीको आग्रह

    बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

  • २६ फाल्गुन २०७८, बिहीबार १७:०५ मा प्रकाशित
  • मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।

    बिहीबार अपरान्ह चार बजेका लागि बोलाइएको बैठक ५ बजे बसेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा पर्साबाट काठमाडौं आउँदा केही ढिलो हुँदा मन्त्रिपरिषद बैठक एक घण्टा ढिलो सुरु भएको हो ।

    copied :ratopati

    Posted in राजनीतिLeave a Comment on बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु

    कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

  • २४ फाल्गुन २०७८, मंगलवार ११:५५ मा प्रकाशित
  • काठमाडौं, २४ फागुन । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।बैठक आसन्न स्थानीय निर्वाचन केन्द्रित रहने बताइएको छ । काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक आज सुरु भएको हो ।

    बैठकमा अहिले सभापति शेरबहादुर देउवाले ब्रिफिङ लिइरहेका छन् ।

    Posted in राजनीतिLeave a Comment on कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

    नेपाली काँग्रेस पर्साको अध्यक्षमा जनार्दन सिंह क्षेत्री प्यानल सहित विजयी (कसले कति मत पाए ?

  • २० फाल्गुन २०७८, शुक्रबार ०८:१४ मा प्रकाशित
  • पर्सा संवाददाता


    वीरगंज, २० फाल्गुण/
    नेपाली काँग्रेस पर्साको अध्यक्ष पदमा जनार्दन सिंह क्षेत्री प्यानल सहित विजयी भएका छन् ।
    शुक्रबार विहान सम्पन्न अन्तिम परिणाम अनुसार क्षेत्री निकटम प्रतिद्वन्दि श्याम पटेल भन्दा ४६५ मत बढ़ी प्राप्त गरि विजयी भएका हुन ।

    जनार्दन सिंह क्षेत्रीले १११० मत प्राप्त गरे भने श्याम पटेल ६४५ मैं समेटिए ।

    त्यस्तै जिल्ला उपसभापतिमा राम नारायण कुर्मी र अशोक गुप्ता निर्वाचित भएका छन् । कुर्मीले १२३५ मत प्राप्त गरे भने गुप्ताले ११०२ मत प्राप्त गरेका हुन ।

    त्यस्तै सचिवमा ११८६ मत प्राप्त गरि इम्तियाज आलम र ११५९ मत प्राप्त गरि दिनेश कुमार चौधरी निर्वाचित भए । भने सह सचिवमा विजयी भएका नविन कुमार सिंह र मदन राउतले क्रमशः १११५ मत प्राप्त गरेका छन् ।

    प्राप्त मतगणना नतीजा

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on नेपाली काँग्रेस पर्साको अध्यक्षमा जनार्दन सिंह क्षेत्री प्यानल सहित विजयी (कसले कति मत पाए ?

    प्रमुख राजनीतिक दलले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाए: अध्यक्ष लिङ्देन

  • १८ फाल्गुन २०७८, बुधबार १७:२८ मा प्रकाशित
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको वैदेशिक सम्बन्ध खल्बलिएको बताएका छन्।

    बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलले वैदेशिक सम्बन्धलाई सत्तारोहण गर्ने सिँढीको रुपमा प्रयोग गरेपछि वैदेशिक सम्बन्ध खल्बलिएको बताए।

    प्रमुख राजनीतिक दलकै कारण नेपाल शक्ति राष्ट्रको रणनीतिक प्रतिस्पर्धास्थलको रुपमा परिणत भएको उनले बताए।

    वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढीको रुपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण हाम्रो वैदेशिक सम्बन्ध पूर्ण रुपमा खल्बल्लिन पुगेको छ। र नेपाल शक्ति राष्ट्रको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको छ’, उनले भने, ‘सत्तापक्ष र प्रमुख राजनीतिक दलका क्रियाकलापले हुने नोक्सानीको मुल्य केवल सम्बन्धित राजनीतिक दल र नेताले मात्रै चुकाउनु पर्दैन। त्यसको भार सिंगो मुलुकले बेहोर्नुपर्नेछ। अहिले देश त्यही बाटोतर्फ उन्मुख छ।’

    उनले दलको सत्ता केन्द्रीत क्रियाकलापका कारण देश गम्भीर संकटतर्फ उन्मुख भएको बताए। अध्यक्ष लिङ्देनले राज्यका प्रमुख तीन अंगका बिचमा हुनुपर्ने शक्ति नियन्त्रण र सन्तुलतको व्यवस्था ध्वस्त भएको उल्लेख गर्दै जनताले सरकार भएको अनुभूति गर्न नपाएको दाबी गरे।

    ‘अहिले प्रमुख राजनीतिक दलका सत्ताकेन्द्रीत क्रियाकलापले देश गम्भीर संकटतर्फ उन्मुख छ। मुलुकका तीन प्रमुख अंगबीच हुनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त छ। लामो समयदेखि संसद भुमिकाविहिन छ। संसद केही राजनीतिक दलहरुको अर्कमण्यताका कारण बन्द छ। संसद संसदजस्तो छैन’, उनले भने, ‘अदालतमाथिको राजनीतिक हस्तक्षेप र अदालतभित्रै विद्यमान भ्रष्टाचारका कारण अदालत, अदालत जस्तो छैन। जनताले सरकार भएको अनुभूति गर्न नपाएको अवस्था छ।’

    कमजोर अर्थतन्त्र, बढ्दो युवा बेरोजगारी, राज्यका सबै अगंमा भ्रष्टाचार र भ्रष्टाचारमा सबै प्रमुख राजनीतिक दलको संलग्नता, वैदेशिक नीतिमा आएको असन्तुलन सामान्य अवस्था नभएको उनले बताए।

    आफूभन्दा कमजोर छिमेकी युक्रेनमाथि रूसको आक्रमण जति भत्सर्नायोग्य छ, त्यत्तिकै हामीले यस घटनाबाट शिक्षा लिनुपर्ने उनले बताए।

    अध्यक्ष लिङ्देनले देशको प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको जिकिर गरे। देशलाई कम्युनिष्ट र कांग्रेसको विकल्प आवश्यक भएको भन्दै उनले कम्युनिष्ट र कांग्रेसको विकल्प राप्रपा मात्रै भएको दाबी गरे।

    उनले राप्रपालाई आगामी दिनमा निर्णायक र अग्रणी शक्तिको रूपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको बताए। 

    ‘कम्युनिष्ट पार्टी तथा नेपाली कांग्रेसले अवलम्वन गरेको वैचारिक मार्गचित्रको विकल्प राप्रपाले अवलम्वन गरेको निरन्तरतासहितको परिवर्तन नै हो। कम्युनिष्ट र कांग्रेसको वैचारिक मार्गचित्रको विकल्प देशलाई आवश्यक छ। र त्यसको नेतृत्व राप्रपाले मात्रै गर्न सक्छ’, उनले अगाडि भने, ‘यो वास्तविकता हो। राप्रपा बाहेक कम्युनिष्ट र कांग्रेसको विकल्प तत्काल अरु कुनै पार्टी बन्छ अथवा बन्न सक्ने सम्भावना छैन। त्यसैले आगामी दिनमा राप्रपालाई निर्णायक र अग्रणी शक्तिको रुपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता हो।’

    राप्रपाको केन्द्रीय कार्य समिति बैठक बुधबारदेखि सुरु भएको छ। बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवम् सचिवालय प्रमुख हेमजंग गुरूङले प्रस्तुत गरेको सचिवालयसम्बन्धी प्रतिवेदन र महामन्त्री एवम स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले प्रस्तुत गरेको आसन्न स्थानीय तहको निर्वाचनसम्बन्धी प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

    बैठक बिहीबार पनि बस्ने उनले बताए।

    प्रवक्ता श्रेष्ठले केन्द्रीय कार्यसमितिको बैठक मूल रुपमा आसन्न स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रीत हुने उल्लेख गरे। बैठकले यसअघि केन्द्रीय पदाधिकारीको बैठकले गरेका सबै निर्णयहरुलाई अनुमोदन पनि गर्ने उनले जानकारी दिए।

    Copied:setopati

    Posted in राजनीतिLeave a Comment on प्रमुख राजनीतिक दलले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाए: अध्यक्ष लिङ्देन

    सभामुखको राजीनामा पर्खिरहेका छौं : ओली

  • १७ फाल्गुन २०७८, मंगलवार १४:१९ मा प्रकाशित
  • १७ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले सभामुखको राजीनामा पर्खिरहेको बताएका छन् ।

    सभामुखविरुद्ध महाअभियोग ल्याउन पनि सक्ने, नल्याउन पनि सक्ने भन्दै उनले भने, ‘हामी राजीनामा पर्खिरहेका छौं । ससम्मान बर्हिगमित हुनुहोस्, संसदले निष्काशन  गर्‍यो भन्ने नपरोस् ।’

    एमालेले आफ्नो दलले कारबाही गरेका १४ सांसदलाई निष्कासन गर्न माग गर्दै २३ भदौदेखि संसदमा नाराबाजी गर्दै आएको छ । १४ जनालाई निष्कासन नगरे सभामुखले राजीनामा दिनुपर्ने उसको अडान छ ।

    Posted in राजनीतिLeave a Comment on सभामुखको राजीनामा पर्खिरहेका छौं : ओली

    व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने एकीकृत समाजवादीको निर्णय

  • १५ फाल्गुन २०७८, आईतवार १४:५० मा प्रकाशित
  • नेकपा (एकीकृत समाजवादी) ले व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने निर्णय गरेको छ।

    आज बानेश्वरमा बसेको पार्टीको बैठकले एमसिसी पारित गर्ने निर्णय गरेको हो।

    व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने पार्टीले निर्णय गरेको पार्टी सचिव रामकुमारी झाँक्रीले जानकारी दिइन्। एमसिसी पारित गर्न पार्टीले सर्वसम्मत निर्णय गरेको उनले बताइन्।

    आज बिहान बालुवाटारमा बसेको सत्तारूढ गठबन्धन बैठकले पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो।

    यसअघि नेकपा माओवादी केन्द्रले पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो।

    आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसिसीबारे छलफल हुँदैछ।

    Posted in राजनीतिLeave a Comment on व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने एकीकृत समाजवादीको निर्णय

    एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

  • १५ फाल्गुन २०७८, आईतवार १०:५६ मा प्रकाशित
  • काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रले एमसीसी सदनबाट अनुमोदन गर्ने निर्णय लिएको छ । आज बसेको माओवादी केन्द्रीय समितिको बैठकले व्याख्यात्मक विश्लेषणसहित अनुमोदन गर्ने निर्णय गरेको हो ।

    माओवादी नेता वर्षमान पुनले एमसीसीको व्याख्यात्मक विश्लेषणसहित सदनबाट अनुमोदन गर्ने निर्णय लिएको जानकारी दिए । एमसीसीलाई माओवादीले समेत अनुमोदन गर्ने निर्णय लिएपछि सत्ता गठबन्धन जोगिने सम्भावना बढेको हो ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

    देउवा-ओली मिल्न लागेपछि यसकारण झस्किएका थिए प्रचण्ड

  • १५ फाल्गुन २०७८, आईतवार ०९:२० मा प्रकाशित
  • काठमाडौं, १५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिको हात बढाइसकेका थिए । ओली एमसीसी सदनबाट अनुमोदन गर्न सकारात्मक भइसकेका थिए । तर, उनका केही सर्त थिए ।ओलीले सभामुखको बर्हिगमन, माधव नेपालसहित १४ सांसदको पदमुक्त भएको सूचना टाँस र सत्ता साझेदारीका कुरा पनि थिए । ओलीले प्रतिनिधिसभा विघटन गरी अर्ली इलेक्शनमा जाने प्रस्ताव पनि गरेका थिए ।

    स्थानीय चुनावसँगै प्रतिनिधि सभाको चुनावमा उनको जोड थियो । त्यस अगाडि देउवाले सत्ता गठबन्धन तोड्ने र अल्पमतमा परेपछि सिधै चुनावमा जाने ओलीको सर्त थियो ।देउवाले पनि अर्ली इलेक्शन भन्दै आएका थिए । ओलीले पनि अर्ली इलेक्शनमा जोड गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल झस्किए ।

    प्रचण्ड र माधव नेपाल चुनाव पर सार्ने प्रयास गर्दै आएका थिए । तर, ओली झन् अर्ली इलेक्शन गराउन लागेपछि उनीहरुले धक्का लाग्ने देखे ।प्रचण्ड र माधव नेपाल बैठक बसेर कुनै हालतमा ओलीलाई रोक्न लागे । त्यसका लागि एमसीसीमा लचिलो भई निकास दिन तयार भए । देउवासँग प्रचण्डले भेटेरै यसबारे जानकारी गराए ।एमसीसीमा संकल्प प्रस्ताव पारित गरेर अनुमोदन गर्नेबारे प्रचण्डले देउवालाई प्रस्ताव पठाए । यसकारण ओलीसँग मिलिसकेको देउवाको हात रोक्किएको छ ।

    Posted in राजनीतिLeave a Comment on देउवा-ओली मिल्न लागेपछि यसकारण झस्किएका थिए प्रचण्ड

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P