• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: लोकप्रिय

प्युठानका २ जना ब्यक्तिमा देखियो आरडीटी पोजिटिभ

  • २७ बैशाख २०७७, शनिबार १६:५५ मा प्रकाशित
  • वसन्त अनुभव
    २७ वैशाख
    प्युठान जिल्लामा कोरोना सम्बन्धि आरडीटी टेष्ट गर्दा २ जना ब्यक्तिमा पोजिटिभ देखिएको छ । प्युठान जिल्लाको प्युठान नगरपालिका–२ स्थित सिद्धार्थ हलको क्वारेन्टाइनमा बसेका दुई जना पुरुषमा आरडीटी पोजिटिभ देखिएको हो ।

    क्वारेन्टाइनमा बसेका उनीहरुलाई घर पठाउने क्रममा आज आरडिटी परिक्षण गर्दा पोजिटिभ देखिएको थियो । पोजिटिभ देखिएपछि उनिहरुलाई पुनः क्वारेन्टाइनमै राखिएको प्युठान नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताउनुभयो ।

    २० देखि ४५ वर्ष विचका ति पुरुषहरुमा आर डि टि पोजिटिभ देखिएसँगै थप जाँचका लागि उनिहरुको स्वाव संकलन गरि पिसिआर विधिबाट परिक्षण गर्नका लागि छिट्टै पठाइने स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताउनुभयो । पिसिआर परिक्षणको रिपोर्ट आए पछि मात्र कोरोना संक्रमण भएनभएको पुष्टि हुने उहाँले बताउनुभयो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on प्युठानका २ जना ब्यक्तिमा देखियो आरडीटी पोजिटिभ

    भारतले निर्माणाधीन सडक चीनको सीमासम्म लगेन

  • २७ बैशाख २०७७, शनिबार १५:५४ मा प्रकाशित
  • दार्चुला : सीमावर्ती क्षेत्र धारचुला तहसिलअन्तर्गत पर्ने तावाघाटबाट ९५ किलोमिटर उत्तरतिर पर्ने लिपुलेकसम्मको ट्रयाक खोल्ने काम पूरा भएपछि भारतका रक्षा मन्त्रीले उक्त सडकको उद्घाटन गरेका छन्।

    भारत सरकारका रक्षामन्त्री राजनाथ सिहंले भिडियो कन्फ्रेन्सबाट गर्बाधार–कालापानी जोड्ने सडकको उद्घाटन गरेका हुन्। लिपुलेकसम्म बनेको सकडले कैलास मानरोवर यात्रा, चीनसँगको व्यापारमा भारतलाई फाइदा पुग्ने र स्थानीय बासिन्दालाई यातायातको सुविधा दिनेछ। भारतले लिपुलेकसम्म सडक विस्तार गर्न सन् १९९९ बाट तावाघाट–लिपुलेक ९५ किलोमिटर सीमा सडकको कार्य सञ्चालन गरेको थियो।

    तावाघाटबाट गर्बाधारसम्म सन् २००८ मा नै भारतले सडक ट्रयाक खोलिसकेको थियो भने अहिले गर्बाधारसम्म सडक स्तरोन्नति गरिएको छ। तावाघाटबाट गुञ्जीसम्म चट्टान भएकाले सडक विस्तारमा धेरै सम्मस्याको सामना गर्नुपरेको थियो। उक्त सडक निर्माण गर्ने कम्पनी ग्रिफका अनुसार सडक निर्माणका क्रममा ६५ लाख भारतीय रुपैयाँ लागतको डोेजर, २ दशमलव ५ करोड भारतीय रुपैयाँ बराबरका ४ सय डिलिङ मेसिन र ४० लाख भारतीय रुपैयाँ बराबरको बेगन मेसिनसहित कयौं सामग्री चट्टान टुटेर पुरिएका थिए।

    भारत सरकारले तावाघाटबाट लिपुलेकसम्मको सडक निर्माणका लागि ४ सय ८ करोड रुपैया खर्च गरेको छ। सन् २००८ बाट सुरु गरिएको यो सडक ३ वर्षभित्र निर्माण गरिसक्नुपर्ने थियो, तर जटिल भूबनोटका कारण धेरै सयम लागेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन्। भारतले लिपुलेकसम्म सडक निर्माण गरेको भए पनि चीनको सिमानासम्म सडक निर्माण गरेको छैन। चीन सीमाभन्दा झण्डै ३ किलोमिटर वरसम्म मात्रै सडक निर्माण भएको छ।

    सडकले भारतको सीमा सुरक्षा बलियो

    नेपाली अतिक्रमित भूमि लिपुलेकसम्म सडक बिस्तारले भारतीय सेना र अर्धसैनिक बललाई सीमा क्षेत्रमा आवतजावतका लागि सहज हुने भएको छ। भारतको धारचुला तहसिलअन्तर्गत तावाघाटदेखि लिपुलेकसम्म सुरक्षातन्त्र बलियो बनेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लखेको छ।

    तावाघाटदेखि लिपुलेकसम्म ९५ किलोमिटर सडकको निर्माण कार्य सम्पन्न गरेको भारतले चीनसँगको ३ किलोमिटर सीमावरको सडक भने सुरक्षा दृष्टिकोणले निर्माण गरेको छैन। तावाघाटबाट चीन सीमासम्मको कुल लम्बाइ ९५ किलोमिटर हुनेछ।शुक्रबार उद्घाटन गरिएको सडकमा शनिबारबाट भारतीय सेना र अर्धसैनिक बलहरुका गाडीहरुले सञ्चालनको अनुमति पाउनेछन्।

    कैलास–मानसरोवर यात्रा सहज

    भारतले लिपुलेकसम्म बिस्तार गरेको सडकका कारण चीनको ताक्लाकोटमा रहेको हिन्दुहरुको प्रमुख धार्मिक स्थल कैलास मानसरोवर यात्रा सहज हुने भएको छ। कैलास मानसरोवर यात्रा एसियाका अधिकांश हिन्दुहरुले लिपुलेक नाका भएर नै गर्ने गरेका छन्। सडक निर्माणले अतिक्रित नेपाली गाउँहरु कुटी, गुञ्जी, नाबीसहित भारतका गाउँहरु गरब्याङ, नपल्चयु, रोङकाङ सहितका सीमा क्षेत्रमा बस्ने गाउँहरुका स्थानीयहरुलाई फाइदा पुग्ने छ।

    लकडाउनले छाङरुमा सशस्त्र पोस्ट स्थापनामा ढिलाइ

    कोरोना कहर र लकडाउनले नेपालले त्रिदेशीय सीमा क्षेत्र (कालापानी नजिक) छाङरुमा सशस्त्र पोस्ट स्थापना गर्न ढिलाइ भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। नेपाली पक्षले पनि घाँटिबगडदेखि तिंकर सम्मको सडकको जिम्मा नेपाली सेनाले पाएकाले लकडाउनपछि नेपालले पनि सडक निर्माण गर्ने उनको भनाइ छ।

    ब्यास क्षेत्रमा पुग्ने घोरेटो बाटो पनि लकडाउनले निर्माणमा समस्या सिर्जना भएको छ। लकडाउनपश्चात् सीमा क्षेत्रमा पुग्ने घोरेटो बाटो निर्माण गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
    थाहाखबर पत्रीका

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on भारतले निर्माणाधीन सडक चीनको सीमासम्म लगेन

    सिटिजन्स बैंकद्वारा २५ हजार नगद सहयोग

  • २७ बैशाख २०७७, शनिबार ११:३२ मा प्रकाशित
  • वसन्त अनुभव
    बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा रहेको सिटिजन्स बैँक ईन्टरनेसनल लिमिटेड, कमिरेचौर शाखाले बंगलाचुली गापा कार्यालयलाई नगद रु.२५ हजार सहयोग गरेको छ ।

    बैँकका शाखा प्रवन्धक सुनिल कुमार वमले बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेव बहादुर वलीलाई रु.२५ हजारको चेक हस्तान्तरण गर्नु भएको थियो ।

    बंगलाचुली गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा कोरोना भाईरस महामारीका बखतमा देखिएका विविध समस्याहरु निराकरण गर्नका लागि सहयोगी दाताहरुमा सहयोगको लागि गरेको अपिल बमोजिम बैंकले आर्थिक सहयोग गरेको हो ।

    बंगलाचुली गाउँपालिकामा सहयोग गर्न इच्छुक व्यक्ति वा संस्थाहरुले बंगलाचुली गापा स्थानीय तह प्रकोप व्यवस्थापन कोषको खाता नं. ग ७–२ ०६७०१००००००४७६२०१ मा रकम जम्मा गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वलीले बताउनु भयो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on सिटिजन्स बैंकद्वारा २५ हजार नगद सहयोग

    ICU सेटअपका लागि प्रतिष्ठानलाई सवा ६८ लाख सहयोग प्राप्त

  • २५ बैशाख २०७७, बिहीबार १४:२७ मा प्रकाशित
  • वसन्त अनुभव
    काठमाडौ, २५ बैशाख
    दाङ जिल्लाको घोराहीमा अवस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अमेरिकन मेडिकल फाउन्डेसनले ६८ लाख २५ हजार २ सय रुपैया आर्थिक सहयोग गरेको छ ।

    प्रतिष्ठानमा Intensive Care Unit सेटअप गर्नका लागि भनेर स्वास्थ्यमन्त्री, राज्यमन्त्री, अमेरिकन मेडिकल फाउण्डेशनका पदाधिकारी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रोहवरमा प्रतिष्ठानकी उपकुलपति प्रा.डा.संगिता भण्डारीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।

    ICU सेटअप गर्नका लागि प्रतिष्ठानकी उपकुलपति डा. भण्डारीसंगै डिन डा.बसन्त लामिछानेले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको प्रतिष्ठानले जनाएको छ ।

    चेक हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानकी उपकुलपति डा. भण्डारीले ICU का लागि रकम सहयोग गरेकोमा अमेरिकन मेडिकल फाउन्डेसन लगायत सम्बद्ध सबैलाई धन्यवाद एवं आभार प्रकट गर्नु भएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on ICU सेटअपका लागि प्रतिष्ठानलाई सवा ६८ लाख सहयोग प्राप्त

    लकडाउनको अवधी जेठ ५ गतेसम्म थप

  • २४ बैशाख २०७७, बुधबार २१:१६ मा प्रकाशित
  • काठमाण्डौं, २४ वैशाख
    नेपाल सरकारले लकडाउनको अवधी पुन: १० दिन थपेको छ । जारी लकडाउन बैशाख २५ गते सकिनै लाग्दा आज अपरान्ह बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको जोखिम मुलुकमा अझै कायमै रहेको भन्दै जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो ।

    उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकको सुझावलाई मध्यनजर गर्दै मन्त्रिपरिषदको आज बसेको बैठकले लकडाउन अवधि १० दिन थपेको हो। सरकारले गत चैत ११ गतेबाट लागु गरेको लकडाउन विहिबार ४५ दिन पुग्दैछ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on लकडाउनको अवधी जेठ ५ गतेसम्म थप

    नेपालगन्जमा भेटिए थप ७ जना कोरोना संक्रमित, नेपालभर ८२ जना पुगेको पुष्टि

  • २३ बैशाख २०७७, मंगलवार ११:१४ मा प्रकाशित
  • –वसन्त अनुभव-
    बाँके, बैशाख २३, २०७७
    नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या नेपालगन्जमा २३ जना र नेपालभरमा ८२ पुगेको छ । आज बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ७ जनामा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेको थियो । हालसम्म कोरोना संक्रमण पुष्टि भएका ८२ जना मध्ये १६ जना निको भइ घर फर्किसकेका छन ।

    नेपालगन्जको भेरी प्रादेशिक अस्पतालमा परीक्षण गरिएको स्वाव नमूना परिक्षणमा २२, ३० र ४० वर्षका पुरुष ३ जना र ९, ३२, ३४ र ५५ वर्षका ४ जना महिला गरि ७ जनामा काेरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले जानकारी दिनुभयो ।

    नेपालगञ्जमा कोरोना संक्रमितको संख्या थपिने क्रम बढेसँगै स्थानीय प्रशासनले आज मंगलबार विहान ११ बजेदेखि २५ गते मध्यरातीसम्म कर्फ्यु लगाएको छ । बाँकेमा सोमबार बसेको सर्वदलिय बैठकले तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको थियो । संक्रमितहरुको कन्ट्याक्ट् ट्रेसिङ र स्वाव परिक्षण कार्यलाई प्रभावकारी बनाउन यो कदम चालिएको हो ।

    नेपालमा कोरोना संक्रमित भइ उपचार पछि निको भएका १६ जना डिस्चार्ज भईसकेका छन भने बाकीको विभिन्न स्थानमा उपचार भइरहेको छ । हालसम्म यस रोगका कारण कसैको मृत्यु भएको पुष्टि भएको छैन । कुल संक्रमित ८२ जनामध्ये १६ जना उपचारपछि डिस्जार्च भएका छन्। प्राप्त विवरण अनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा १३ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २४ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भेटिएका छन भने कर्णाली प्रदेशमा हालसम्म संक्रमित पाइएको पुष्टि भएको छैन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाको आशंकामा ६४ हजार ४ सय ८५ जनाको नमूना परीक्षण भएको मध्ये १३ हजार ६ सय ४० जनाको पिसिआर र ५० हजार ८ सय ४५ जनाको आरडिटि विधिबाट परीक्षण गरिएको छ। जसमध्ये प्रदेश १ मा ५ हजार ८ सय ३७, प्रदेश २ मा ५ हजार ७ सय ३६, बागमतीमा ८ हजार ६ सय १०, गण्डकीमा ५ हजार ८ सय ८२, प्रदेश ५ मा ४ हजार ८ सय ३१, कर्णालीमा ५ हजार ८ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनाको आरडिटिबाट परीक्षण गरिएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on नेपालगन्जमा भेटिए थप ७ जना कोरोना संक्रमित, नेपालभर ८२ जना पुगेको पुष्टि

    भारतको महाराष्ट्रबाट आएका १० जना सबैको कोरोना जाँच रिपोर्ट नेगेटिभ

  • २२ बैशाख २०७७, सोमबार २२:४१ मा प्रकाशित
  • –वसन्त अनुभव-
    घोराही, दाङ, २२ बैशाख २०७७
    भारतको महाराष्ट्रबाट नेपाल आएका १० जना ब्यक्तिहरुको कोरोना भाइरस जाँचका लागि लिइएको स्वाब नमुना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

    कोरोना संक्रमणको आशंकामा दाङ जिल्लाको बेलझुण्डीको कोरोना विशेष अस्पतालमा आइसोलेसनमा बसेका ती ब्यक्तिहरुको थ्रोट स्वाव नमुनाको परिक्षण घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर प्रविधिबाट गर्दा नेगेटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

    शंकास्पद ती ब्यक्तिहरुको स्वाव नमुना प्रतिष्ठानमा हिजोमात्र प्राप्त भएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on भारतको महाराष्ट्रबाट आएका १० जना सबैको कोरोना जाँच रिपोर्ट नेगेटिभ

    अनलाइन कक्षाको नाममा शुल्क नलिन र भर्ना नगर्न शिक्षा मन्त्रालयको परिपत्र

  • २२ बैशाख २०७७, सोमबार २१:४२ मा प्रकाशित
  • काठमाण्डौ – शिक्षा मन्त्रालयले अनलाइन कक्षाको रुपमा शुल्क नअसुल्न निर्देशन दिएको  छ ।

    केहि विद्यालयले अनलाइन कक्षाको नाममा बैंक खातामा पैसा जम्मा गर्न भनेका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले सबै विद्यालयलाई निर्देशन दिएको हो ।

    यस्तै नयाँ भर्ना नलिन पनि मन्त्रालयले परिपत्र गरेको छ । शिक्षा मन्त्रालयले सबै कुराको सुक्ष्म मूल्यांकन गरेकोले मन्त्रालयको निर्णयपछि मात्रै भर्ना लिन अनुरोध गरेको छ । 

    यस्तै माध्यामिक तहसम्मका विद्यालयले एक महिनाको शुल्क नलिन सरकारले पटक पटक दिएको निर्देशन पालना गर्न पनि मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।
    उज्यालो

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on अनलाइन कक्षाको नाममा शुल्क नलिन र भर्ना नगर्न शिक्षा मन्त्रालयको परिपत्र

    तुलसीपुरको पश्चिम नाकामा २४ घण्टे हेल्थ डेष्क स्थापना र गाडीहरुमा कडा निगरानी

  • २२ बैशाख २०७७, सोमबार २१:१९ मा प्रकाशित
  • –वसन्त अनुभव-
    तुलसीपुर , दाङ, २२ बैशाख
    छिमेकी जिल्ला बाकेमा कोरोना संक्रमितहरुको संख्या बढेसंगै दाङ जिल्लामा पनि सुरक्षा सतर्कता अपनाउन थालिएको छ । यसै सिलसिलामा तुलसीपुर उपमहानगरले नगरभित्र छिर्ने पश्चिमी नाकाहरुमा २ वटा हेल्थ डेस्क स्थापना गरेको छ ।

    तुलसीपुर उपमहानगरले आजै वडा नं १ र शान्तिनगर को सिमानामा पर्ने भमकेमा र वडा नं २ र दंगिशरणको सिमाना पर्ने वालापुरमा २४ घण्टे हेल्थ डेष्क स्थापना गरेको हो ।

    तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखा र वर्डा नं २ का वडाध्यक्ष राजु आचार्य र वर्डा नं १ का वडाध्यक्ष लक्ष्मण भण्डारीको विशेष पहलमा उक्त स्थानहरुमा हेल्थ डेस्क स्थापना गरिएको जनस्वास्थ्य प्रवर्द्धन शाखाका ज.स्वा.नी. विमल केसीले बताउनु भयो । साथै उहाँले उक्त हेल्थ डेस्कमा २४ सै घण्टा स्वास्थ्यकर्मीहरु रहने गरि पालो अनुसार ड्युटी मिलाइएको पनि जानकारी दिनुभयो ।

    उपमहानगरले यस अघि अमिलिया हुँदै तुलसीपुर छिर्ने नाका फुलवारीको दमारगाउमा हेल्थ डेस्क सन्चालन गर्दै आएको थियो । यो सँगै हेल्थ डेस्कको संख्या ३ वटा पुगेको छ । साथै शिघ्रै घोराही तुलसीपुरको सिमानामा अर्को हेल्थ डेस्क स्थापना गर्ने तयारी रहेको जानकारी पनि उहाँले दिनुभयो ।

    पश्चिम क्षेत्रबाट अनावश्यक रुपमा एम्बुलेन्स लगायत सवारी साधनहरु गुड्न थालेपछि स्वास्थ्य तथा सुरक्षा जाँचमा कडाई गर्न थालिएको छ। विना सुरक्षा सामग्री एम्वुलेन्स लगायत सवारी साधन चलाउने क्रम बढ्दै गएकोले संझाई बुझाई सुरक्षासामग्री प्रयोग गर्न लगाएर गाडी चलाउन लगाईएको जस्वानी केसीले बताउनु भयो ।

    साथै कतिपय ब्यक्तिहरु नेपालगन्जबाट हिड्दै पश्चिमको बाटो हुँदै तुलसीपुर छिर्न थालेको पाइएकोले उक्त स्थानहरुमा चेक प्वाइन्ट राख्नु परेको बताउनु भयो । उक्त क्षेत्रको हेल्थ डेस्कमा पवननगर स्वास्थ्यचौकी, तकियापुर नगरस्वास्थ्यकेन्द्र र भिमसेन शहरी स्वास्थ्यप्रवर्धन केन्द्रका स्वास्थ्यकर्मीहरु तथा रेडक्रसकर्मीहरु, प्रहरीहरुलाई परिचालन गरिएको पनि जानकारी दिनुभयो।

    प्राप्त जानकारी अनुसार आजमात्रै बालापुरमा ६४ वटा गाडी, ७३ वटा मोटरसाइकल र ६ वटा एम्बुलेन्स ओहोरदोहोर गरेका थिए । हेल्थ डेस्कबाट ४१६ पुरुष र ८४ महिलाको ज्वरो मापन गरिएको थियो। ती मध्ये एकजनालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिई पठाईएको थियो ।

    त्यस्तै भमकेमा २३ वटा गाडीहरू ओहोरदोहोर गरेको र ५७ जनाको ज्वरो मापन गरि पठाईएको थियो ।

    त्यस्तै दमारगाउँ हेल्थ डेस्कबाट १८४ जनाको ज्वरो परिक्षण गरिएको थियो । दमारगाउँबाट १२ वटा एम्बुलेन्स, १२ वटा ट्रक, १४ वटा मोटरसाइकल, ४ वटा टिपर, ४ वटा म्याजिक भ्यान, र १ वटा ट्याक्टर ओहोरदोहोर गरेका थिए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on तुलसीपुरको पश्चिम नाकामा २४ घण्टे हेल्थ डेष्क स्थापना र गाडीहरुमा कडा निगरानी

    कोरोना संक्रमण मुक्त युवक फेरि अस्पताल भर्ना, रिपोर्ट आउन बाँकी

  • २१ बैशाख २०७७, आईतवार १३:१३ मा प्रकाशित
  • पर्सा : कोरोना संक्रमणबाट मुक्त भएपछि वीरगन्जको नारायणी अस्पतालबाट बिदा गरिएका रौतहटका १९ वर्षीय युवक फेरि अस्पताल भर्ना भएका छन्।

    कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि गएको वैशाख १४ गते नारायणी अस्पताल वीरगन्जबाट उनी डिस्चार्ज भएका थिए। शरिरमा समस्या देखिएपछि गएराति उनलाई फेरि वीरगन्जको नारायणी अस्पतालमा नै ल्याई भर्ना गरिएको छ।

    शरीरमा समस्या देखिएपछि अस्पतालमा ल्याइएको वीरगन्जको नारायणी अस्पतालबाट अस्ति बिदा गरिएका रौतहटका युवकलाई पुनः नारायणी अस्पतालमा भर्ना भएका चाहिँ हुन् अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. मनोजकुमार उपाध्यायले बताए। ‘मानिसको शरिर हो, केही गढबड भएपछि अस्पताल त ल्याउनैपर्‍यो नि। फेरि कोरोना देखिएर ल्याएको होइन’ उनले भने।

    शरीरमा समस्या देखियो भनेर चेकजाँचका लागि ल्याएको हो। कोरोना नै हो होइन? भन्ने सवारमा पछि रिपोर्ट आएपछि मात्र बताउन सकिन्छ डा. उपाध्याय थपे। युवकलाई अस्पतालको आइसोलेशन वार्डमा नै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।

    शारीरिक समस्या देखियो भने पछि फेरि कोरोना हो होइन? भनी चेकजाँचको लागि गएराति वीरगन्ज ल्याइएको छ। उनको अवस्थाका बारेमा चेकजाँच हुँदैछ। निगरानीमा त डिस्‍चार्ज भएकालाई पनि राख्नु पर्छ कोेभिड १९ कमाम्ड पोष्ट पर्साका सदस्य सचिव तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए। अहिले नै यसै भन्न सकिन्न। पुनः रिपोर्ट आएपछि मात्र ठोस कुरा बताउन सकिन्छ उनले भने।

    फूलमालासहित बिदा गरिएका थिए युवक

    युवक रौतहटको इसनाथ नगरपालिकाका बासिन्दा भए पनि भारतबाट फर्किए पछि चेकजाँच गर्दा बैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो। वैशाख २ गतेबाट वीरगन्जको नारायणी अस्पतालको आइसोलेन वार्डमा राखी पहिले पनि उपचार भएर घर पठाइएको थियो।

    घरमा नै एक डेडहप्ता क्वारेन्टाइनमा बस्ने गरी रौतहटबाट आएको एम्बुलेन्स मार्फद ती युवकलाई बैशाख १४ गते नारायणी अस्पतालले पठाएको थियो। पठाउनु पूर्व कोरोना जित्न सफल भएको भनी उनलाई यहाँका चिकित्सक, स्वास्थ्यकर्मी लगायतले फूलमालासहित बिदा गरिएको थियो।
    थाहाखबर

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on कोरोना संक्रमण मुक्त युवक फेरि अस्पताल भर्ना, रिपोर्ट आउन बाँकी

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P