हेलम्बुमा फैलिए दयाका हातहरु’

  • १२ असार २०७७, शुक्रबार १८:४५ मा प्रकाशित
  • सुशील सुबेदी

    सातदोबाटो, ललितपुरको ‘दयाका हातहरु नेपाल’ नामक संस्थाले हेलम्बु गाउँपालिकालाई विभिन्न सहयोग उपलब्ध गराएको छ । विपन्न परिवारमा रोजगारी सिर्जना गर्नका लागि रु। २ लाखका साथै स्वास्थ्य सामग्री प्रदान गरिएको संस्थाका कार्यक्रम व्यवस्थापक कृष्णकुमार दाहालले जानकारी दिनुभएको छ ।

    प्रदान गरिएका स्वास्थ्य सामग्रीमा पीपीई सेटलगायतका सामग्री २८ थान र केएन ९५ मास्क ५ सय थान रहेको छ । दीर्घरोगीहरुका लागि रु ५ लाखभन्दा बढीको औषधि उपलब्ध गराएको छ ।

    हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा र स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देललाई संस्थाका कार्यक्रम व्यवस्थापक कृष्णकुमार दाहाल र वरिष्ठ अधिकृत रामनाथ राउतले शुक्रबार नगद तथा सामग्री हस्तान्तरण गर्नुभएको हो ।हेलम्बुमा फैलिए ‘दयाका हातहरु नेपाल’
    देवराज सुवेदी२०७७ असार १२ गते १७स्२३
    मेलम्ची । सातदोबाटो, ललितपुरको ‘दयाका हातहरु नेपाल’ नामक संस्थाले हेलम्बु गाउँपालिकालाई विभिन्न सहयोग उपलब्ध गराएको छ । विपन्न परिवारमा रोजगारी सिर्जना गर्नका लागि रु। २ लाखका साथै स्वास्थ्य सामग्री प्रदान गरिएको संस्थाका कार्यक्रम व्यवस्थापक कृष्णकुमार दाहालले जानकारी दिनुभएको छ ।

    प्रदान गरिएका स्वास्थ्य सामग्रीमा पीपीई सेटलगायतका सामग्री २८ थान र केएन ९५ मास्क ५ सय थान रहेको छ । दीर्घरोगीहरुका लागि रु ५ लाखभन्दा बढीको औषधि उपलब्ध गराएको छ ।

    हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा र स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देललाई संस्थाका कार्यक्रम व्यवस्थापक कृष्णकुमार दाहाल र वरिष्ठ अधिकृत रामनाथ राउतले शुक्रबार नगद तथा सामग्री हस्तान्तरण गर्नुभएको हो ।

    Leave a Reply