सभापति बिकास लामाको पक्षमा सर्वोच्च अदालतको फैसला

  • ८ असार २०७७, सोमबार १७:१० मा प्रकाशित
  • नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामा विरुद्ध वैदेशिक रोजगार न्यायाधिकरण सम्बन्धि परेको मुद्दा सर्वोच्च अदालतले सुनुवाइ गर्दै सोमबार लामाको पक्षमा फैसला गरेको छ । सो मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणले २ बर्ष अगाडी लामाकै पक्षमा फसैला गर्दै विपक्षीलाई ५०००र हजार जरिवाना गरेको थियो।

    सिन्धुपाल्चोक सभापति लामालाई वैदेशिक रोजगारी सम्बन्धका ठगीगरेको आरोपमा सर्वोच्चमा मुद्दा दायर गरिएको थियो ।सर्बोच्च अदालतका न्यायाधीशहरु द्वय सपना मल्ल प्रधान र बम कुमार श्रेष्ठको संयुक्त इजलासले सोमबार उक्त मुद्दा को सुनुवाइ गर्दै सभापति लाई निर्दोष ठहर गरेको हो । बिपक्षीको दावीसमेत न ठहरिने गरी सफाइ दिँदै अदालतले वादी धुनलाल गैरे र थिर नाथ सुवेदी लाई ५०००र५०००र हजार जरिवाना गरेको सभापति लामाले जानकारी दिए ।

    निश्चित स्वार्थ समुहको राजनैतिक अभिष्ट पुरा गर्ने अभिप्रायले नियोजित रूपमा आफुमाथि यो मुद्दाको बिषयलाई लिएर पटकपटक सामाजिक तथा राजनैतिक रूपमा प्रहार हुँदै आएको बताउँदै लामाले भ्रमको खेती गरेर समाज धमिलो पार्न खोज्नेहरुका लागि यो फैसला गतिलो झापड भएको बताए । जे जस्ता हत्कण्डा आफू विरुद्ध प्रयोग गरिएपनी आखिर सत्यकै जीत भएको भन्दै लामाले खुशी व्यक्त गरेका छन् ।

    Leave a Reply