Mcc को नाममा देश बेचन पाइदैन: अध्यक्ष संतोष पटेल

  • २६ जेष्ठ २०७७, सोमबार १५:२५ मा प्रकाशित

  • बीरगंज २६ जेष्ठ
    हिन्दू परिषद नेपाल द्वारा आज बीरगंजमा MCC को विरोधमा प्रदर्शन गरेको छ।बिहान ८ बजे देखी ९ बजे सम्म घण्टाघरमा भएको प्रदर्शनमा MCC चाहिदैन,लागू गर्न पाईदैन।देश बेचन पाईदैन,राष्ट्र बिरोधी समझौता खारिज गर,देशद्रोही नेताहरु मुर्दाबाद,NO MCC नाराको साथ भएको बिरोध प्रदर्शन अब देश भरी हुने हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले बताए।

    नेपाल र नेपाली जनताको स्वभिमानको लागी परिषद प्रतिबद्ध रहेको र MCC पूण रुपमा नेपालीलाई दास बनाउने उद्देश्य भएकोले हामी बिरोधमा उतरेका हौउ।केहि नेताहरुले पैसाको लागि राष्ट्रघाती समझौता गरेकोले हामी बाध्य भएर विरोध गरेको पटेलले बताउनुभयो।

    विरोध कार्यक्रममा परिषद केन्द्रिय महासचिव अनिरुद्ध सिंहले भने नेपाली जनताको मनोबल कमजोर गर्ने उद्देश्यले MCC समझौता भएको र सनातन धर्म लाई समाप्त गरी नेपाल लाई क्रिशचन राष्ट्र बनाउन को लागि पैसाको बलमा ल्याएको समझौता हो MCC । परिषदका केन्द्रिय सदस्य श्रीराम उपाध्यायले भने नेपाली जनताको रक्षा र स्वभिमानका लागि हामी रगत बगाऊँन समेत हामी तैयार छौ।


    हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले अगुवाईमा भएको विरोध प्रदर्शनमा परिषद केन्द्रिय महासचिव अनिरुद्ध सिंह,कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्य श्रीराम उपाध्याय, सुरेश साह कानू, लालबाबु प्रसाद कुर्मी, सचितानंद दुबे,भरत सरार्फ,आजीव सदस्य मदन प्रसाद कुर्मी, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल,सचिव अंशू कुमार, जिल्ला सदस्य अमोद कुमार, लेक्चन सोनार,सल्लहकार राजेश्वर प्रसाद सोनार,जोगिन्द्र प्रसाद कलवार,बीरगंज नगर अध्यक्ष प्रमोद सिंह,उपाध्यक्ष मनीश वर्णवाल, सहसचिव रंजीत चौरसिया, हिन्दूवादी युवा अभियन्ता अजय गुप्ता, सुनील गुप्ता, केदार अग्रवाल सहितको सहभागिता रहेको थियो।

    Leave a Reply