समाजसेबी द रियल हीरो गुप्ता द्वारा निरन्तर रूपले राहत बितरण

  • १२ जेष्ठ २०७७, सोमबार ००:१९ मा प्रकाशित
  • रंजित चौरसिया, वीरगंज ११ जेष्ठ।
    कोरोना भाईरसको संक्रमणले विश्वका शक्तिशाली राष्ट्र अमेरिका, युरोप, चिनका साथै अन्य साना तथा गरिब राष्ट्रहरुलाई समेत प्रभावित गरेको छ । संक्रमणको कारण हजारौंले ज्यान गुमाएका छन भने लाखैं संक्रमित छन।


    विश्वका वैज्ञानिकहरुले भाईरसको उपचारका लागि औषधि पत्ता लगाउन सकेका छैन्न भने विश्व सवास्थ्य संगठनका अनुसार व्यक्तिगत साफसफाई तथा समाजिक दुरि नै हाल यस रोगको उपचारहरु मध्य एक रहेको जिकिर गरेको छ ।
    भारतसंग सिमाना जाडिएको नेपालको प्रमुख प्रवेश द्धार वीरगंजपनि कोरोना भाईरसबाट प्रभावित छ ।


    दैनिकि चलाउन धौ धौ पुगेको बेला आफनो समाजिक उत्तरदायित्वलाई मन्न गर्दै वीरगंज महानगरपालिका बड़ा न.१० घडिवर्आ निवासी समाजसेवी अजय कुमार गुप्ताले आफ्नो व्यक्तिगत खर्चमा तेस्रो चरणको राहत बितरण गरेका छन। लकडाउन शुरू भए पछि उनले सो टोलका अतिविपन्न, विपन्न, गरीब, दलित परिवारलाई राहत वितरण गर्दै आएका छन्।

    पहिलो र दोस्रो चरणमा गरी पाँच सय(५००) परिवार लाई प्रति परिवार चामल,दाल,नुन,आलु र तेल वितरण गरेका थिए। सामाजिक एवं धार्मिक कार्यमा आफ्नो छुटै पहिचान बनाएका छन अजयकुमार गुप्ता।


    यसैगरी गुप्ताले सोही क्षेत्रका तेस्रो चरणमा तिन सय (३००) परिवारलाई प्रति परिवार चामल १० किलो, आलु १ किलो, नून १ प्याकेट,दाल १ किलो, तेल १ लि., चाउचाउ २ पकैट, चिउरा ५०० ग्राम, सोयाबिन २५० ग्राम र हरियो तरकारीमा बोडी, भिन्डी, करेला र घिडवला राहत वितरण गरेका थिए।


    बीरगंज महानगरपालिका बड़ा न.१० घडीवर्वामा रहेको बिभिन टोल जस्तै अशोकवाटिका, ठाकुरराम क्याम्पस पछाडि, हनुमान गढी, ज्योति नगर,रानिघाट, नयाँ बस्ती अशोकवाटिकामा राहत बितरण गरेको समाजसेवी गुप्ताले बताए।साथै राहत संगै सो बड़ामा आफ्नै निजी खर्चमा समाजसेवी गुप्ताले गरिब परिवारहरू लाई दैनिक प्रयोग हुने औषधी समेत वितरण गरेका थिए।

    आफ्नो वडाका कोई पनि गरीब तथा अतिविपन्न परिवारलाई लकडाउनले गर्दा भोकभोकै नबसोस भने राहत वितरणमा जोड दिएका गुप्ताले बताए। समाजीक कार्यमा समेत लोकप्रिय छन अजय कुमार गुप्ता।आवश्यकता अनुसार सेवाकार्य जारी रहने समाजसेवी गुप्ताले बताए।

    Leave a Reply