समता फाउन्डेसन नेपाल बाट राहत खाद्यान्न वितरण !

  • २३ बैशाख २०७७, मंगलवार ०९:२६ मा प्रकाशित
  • उमेश कुशवाहा,बिरगंज

    दलित अधिकार समाज पर्सा नेपालको विशेष पहलमा खाद्यान समाग्री बितरण गरिएको छ।

    पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा दलित अधिकार समाज पर्सा नेपालको विशेष पहल र समता फाउन्डेसन नेपाल,सानेपा
    ललितपुरको आर्थिक सहयोगमा ३० घरधुरीलाई खाद्यान्न राहत वितरण गरिएको छ।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण अहिले आम मानिसलाई त्रासपूर्ण जिवन बिताउन बाध्य बनाएको छ ।

    कोरोना भाईरस संक्रमण
    बाट बच्नको लागि देशभरी लकडाउनको अवस्था रहेकोे छ।

    लकडाउनको कारणले गर्दा मजदुर,श्रमिक,ईटाभाटामा काम गर्ने , ज्यालादारी तथा साहुको खेतमा काम गर्ने दलितहरु समस्यामा रहेका छ।

    धेरै जसो दलितहरुको घरमा चुल्हो नबलेको अवस्था रहेकोे छ। धेरै घरपरिवार भोकभोकै रहेकोे समस्या रहेकोे छ। धेरै जनालाई राहत सहयोग गर्न नसकिएको अवस्था रहेकोे छ।

    जस मध्ये पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनको दलित ३० घरधुरीलाई खाद्यान्न राहत वितरण गरिएको छ।

    खाद्यान्न राहतमा ११ केजी चामल , १ केजी नुन , १ केजी दाल, १ लिटर तेल ,मसला , १ केजी आलु र नुहाउने साबुन वितरण गरिएको छ।

    यस राहत वितरण कार्यक्रमको सहजीकरण पर्सा जिल्लाको सामाजिक अभियान्ता दलित अधिकार समाज पर्सा नेपालको अध्यक्ष मनोज रामले गर्नु भएको थियो।

    राहत वितरण कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिका वडा अध्यक्ष रुपलाल यादव ,वडा सदस्य रामबालक राम,वडा दलित महिला सदस्य संगिता देवी , दलित अधिकार समाज पर्सा नेपालको कार्यकारी निर्देशक गणेश महरा दलित अगुवा अशोक राम प्रहरी चौकी महुवानका इन्चार्ज बिष्णु यादव र दलित अधिकार समाजको महासचिव संजोग राम र संस्थाको सचिव श्यामकिशोर महराको उपस्थिति रहेकोे थियो।

    राहत वितरण सहयोग गर्ने संस्था समता फाउन्डेसन नेपाल , सानेपा ललितपुरको अध्यक्ष प्रदीप परियालाई उपस्थित गणहरुले धन्यबादसमेत दिएका हुन।

    पर्सा जिल्लाको सामाजिक अभियान्ता दलित अधिकार समाज पर्सा नेपालको अध्यक्ष मनोज रामले जनकारी गराउनु भयो।

    Leave a Reply