वीरगंज २१ वैशाख
वीरगंजमा रहेको नारायणी अस्पताललाई सरकार ले कोभिड अस्पतालको रुपमा सेवा प्रदान गरेपछी गरिब निमुखा सर्वसाधरणहरु सहज सेवा नपाएको भन्दै आईतवार नेपाली काग्रेस पर्साले प्रदर्शन गरेका छन । नारायणी अस्पताल देखि विर्ता चौक सम्म रहेको नेता कार्यकर्ता तथा सर्वसाधारणहरुको लाईनमा उभि ताजी बजाई प्रर्दशन गरिएको थियो । कोराना उपचार अन्यत्र गर्नुपर्ने र नारायणी लाई पुर्व वर्ती सेवा अबिलम्ब शुरु गर्नुपर्ने माग नेपाली काग्रेसको रहेको युवा नेता शेख शाहबुदिनले बताउनु भएको हो । हातमा विभिन्न प्ले कार्ड लिएका नेता कार्यकर्ताहरुको लामो भिड देखेर पक्कै सरकारले केही निर्णय गर्ला भने आशाले सर्वसाधारणहरुले पनि लाईनमा उभिएका थिए । बिर्तादेखी अस्पताल सम्म लामबद्द भद्र प्रदर्शनमा थुप्रैको सहभागीता थियो । सो अवसरमा पार्टी सभापती अजय दिबेदी, नेता सुरेन्द्र चौधरी, राजेन्द्र बहादुर अमात्य, जनाद्र्धन सिंह क्षेत्री, ओम प्रकाश शर्मा, राजेश्वर साह, श्याम पटेल, महमद साहबुद्दिन, लगायत स्थानियहरु, सहभागीता रहेको थियो । यसैगरी समाजिक अगुवा तथा जनता समाजबादी पार्टीका नेता निजामुद्दिन समानिले पनि समाजिक दवाब कार्यक्रम शुरु गर्नु भएको छ ।

