
उमेश कुशवाहा, वीरगञ्ज । तिहार तथा दीपावलीको अवसरमा नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रका सम्पूर्ण प्राविधिक तथा कर्मचारीहरू निरन्तर स्ट्यान्ड बाइ (STAND BY) अवस्थामा रहेका छन्।
ग्राहकका घरमा बत्ति निभ्ने वा अन्य कुनै प्राविधिक समस्या उत्पन्न नहोस् भन्ने उद्देश्यका साथ, केन्द्रका कर्मचारीहरूले निरन्तर अनुगमन र सेवा तयारीमा रहेका छन्। पोखरिया वितरण केन्द्रका अनुसार, तिहारको समयमा पनि विद्युत आपूर्तिलाई अबाधित राख्न सबै प्राविधिक टोली सर्तक अवस्थामा छन्।
केन्द्रका कर्मचारीहरूले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत पनि स्टाटस लेख्दै जनाएका छन् —
“पोखरिया वितरण केन्द्र परिवारका सम्पूर्ण प्राविधिक कर्मचारीहरू STAND BY छौं, कतै हाम्रा आदरणीय ग्राहकहरूको घरमा बत्ति निभ्ने त होइन भनेर। हजुरहरूले निर्धक चाहिने बत्तिहरू बाल्नुस, सेवामा नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्र सधैं साथमा छ।”
ग्राहकलाई सम्पर्कका लागि उपलब्ध नम्बरहरू:
१) पोखरिया नो लाइट: ९८५५०३८६४९ / ०५१–५६०२५३
२) बहुअर्वा–भाठा फ्युज सेवा: ९८५५०३८६४७
३) सुवर्णपुर फ्युज सेवा: ९८५५०३८६४६
४) नो लाइट तथा मर्मत फाँट: ०५१–५६०२५३
५) पोखरिया सब–स्टेसन: ०५१–५६०२२६
पोखरिया वितरण केन्द्र परिवारले सम्पूर्ण ग्राहकहरूलाई तिहार तथा दीपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुरक्षित र उज्यालो पर्व मनाउन अनुरोध गरेको छ।

