एक हप्ते हाते बुटिक तालिम सञ्चालन

  • ११ मंसिर २०७६, बुधबार १६:४१ मा प्रकाशित

  • दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं १४ मा दिदीबहिनीहरुलाई आत्मा निर्भर बनाउने उद्देश्य हेतु एक हप्ते हाते बुटिक तालिम सञ्चालन गरिएको छ ।

    घोराही उप-महानगरपालिका वडा नं. १४ को आयोजनामा सन्चालित कार्यक्रमको अध्यक्षता दलित विकास परिषद दाङका अध्यक्ष दलबहादुर शेर्पाइली गर्नु भएको थियो। कार्यक्रमको प्रमुख अतिथी घोराही उपमहानगरपालिकाको वडा नं १४का अध्यक्ष शक्तिराम डाँगी लगायतका विभिन्न व्यक्तित्वहरुले आआफ्नो महत्वपूर्ण भनाई राख्नु भएको थियो।

    हाते बुटिक तालिममा ८ जना प्रशिक्षार्थीहरु क्रमश चेती घर्तीमगर, श्रृजना नेपाली, गोमा थापामगर, सिमा बुढामगर,भिमा घर्तीमगर, शुसिला नेपाली, श्रृजना नेपाली (२) र गिता नेपाली लगायतका व्यक्तिहरु तालिममा सहभागी हुनु भएको थियो।

    कार्यक्रमको प्रमुख प्रशिक्षक रिता गिरी रहनु भएको छ भने कार्यक्रमको संचालन सरस्वती भारतीले गर्नु भएको थियो।

    श्रोत

    Leave a Reply

    Your email address will not be published.