पहिरोमा घर पुरिंदा एकै परिवारका तीन जना सम्पर्कविहीन

  • १८ असार २०७९, शनिबार १२:०५ मा प्रकाशित
  • पाँचथरको फालेलुङ गाउँपालिका–७ मा पहिरोमा घर पुरिंदा एकै परिवारका तीन जना सम्पर्कविहीन छन्।
    अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिंदा तीन जना सम्पर्कविहीन भएको प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ। गएराति १० बजेतिर बिहिदिन बजार नजिकै रहेको दलबहादुर मगरको घर पहिरोले पुरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नवीनराज राईले बताए।
    उनका अनुसार, पहिरोमा दलबहादुरका छोरा ४२ वर्षीय दलप्रसाद, बुहारी ३८ वर्षीया गोमा र भतिजी १९ वर्षीया एलिसा मगर सम्पर्कविहीन छन्। घरधनी दलबहादुरलाई भने स्थानीयले तत्कालै उद्धार गरेको प्रहरीले जनाएको छ।

    सम्पर्कविहीन तीनै जनाको खोजी भइरहेको छ। स्थानीय बासिन्दासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजीमा जुटेको छ।


    https://www.himalkhabar.com/news/130918

    Leave a Reply