जिराभवानी गाउँपालिका १ का नवनिर्वाचित वडाध्यक्ष खवास द्वारा पदभार ग्रहण

  • २४ जेष्ठ २०७९, मंगलवार १०:०७ मा प्रकाशित
  • मेघराज राय जिराभवानी, जेष्ठ

    पर्साको जिराभवानी गाउँपालीका वार्ड नम्बर एक महादेवपट्टीको वडाध्यक्षमा विजयी भएका नेकपा एमालेका रामशरण खवासले आज पदभार सम्हालेका छन् । जिराभवानी गाउँपालीका का नवनिर्वाचित गापा अध्यक्षको अनोज चौधरीको प्रमुख अतिथिमा पदभार ग्रहणको गरेका छन ।वडाध्यक्ष खवासले सपथ ग्रहण चुनाव सक्ने लगतै गरे पनि आज वडा कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन् ।


    उनले आज वडा कार्यालयको उद्घाटन गरेका हुन। नवनिर्वाचित वडाध्यक्ष खवासले आज वडा कार्यालयको उद्घाटन गर्दै आफ्नो मात्रै विजयी नभइ सम्पूर्ण वडावासीको विजयी भएको बताए ।
    साथै, उनले जनताहरुका सेवकको रुपमा काम गर्ने प्रतिबद्धता जनाए । जनताहरुको साथ र सहकार्य गरि विकास निर्माणको कामकाजमा अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए ।
    सो कार्यक्रममा वार्ड सदस्यमा बिजय उमेदवार शुभनारायण पटेल नरशिह दिस्वा महिला सदस्य पतली देबी, गिता देबी राम, जिराभवानी गाउँपालीका का पुर्ब गाउँपालीका अध्यक्ष रामप्रीत महतो पुर्ब गाउँपालीका उपाध्यक्ष उषा देबी थरुनी जिराभवानी गापाका प्रमुख प्रसाशिकिय अधिकृत प्राण मेहता वडा सचीव प्रभु यादव बिओपी महादेवपट्टीका ससत्र प्रहरी निरीक्षक केदार राई ईलाका प्रहरी कार्यालय सेढ्वाका प्रहरी नायब निरीक्षक प्रकाश महतो पर्साका चर्चित समाजिक अभियन्ता प्रकाश थारु स्थानीय बुधिजिबी महिला लगायतको सहभागिता रहेको थियो ।सो कार्यक्रमका पुर्ब जनप्रतिनिधिहरुको मायाको चिनो सहित बिदाइ गरेको थियो भने सहजीकरण रामप्रीत महतोले गर्नु भाको थियोे ।

    Leave a Reply

    Your email address will not be published.