
काठमाण्डाै – दाङको घोराही उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ ।५७ हजार ४ सय ३ मत गनिसक्दा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले २३ हजार ९ सय ९८ मत प्राप्त गर्नु भएको छ । माओवादी केन्द्रका हेमराज शर्माले १९ हजार ५ सय ६० मत ल्याउनु भएको छ ।नरुलाल चौधरी शर्माभन्दा ४ हजार ४ सय ३८ मते अगाडि हुनुहुन्छ । अब उपमहानगरको १६ हजार मत गन्न बाँकी छ।यस्तै, उपमेयरमा पनि एमालेका उम्मेदवार हुमा डीसीलाई अग्रता छ । उहाँले २३ हजार ४३ मत प्राप्त गर्नु भएको छ ।नेपाली कांग्रेसका भूपबहादुर डाँगीले २२ हजार १ सय ३८ मत पाउनु भएको छ । हुमा डीसी ९ सय ५ मतले अगाडि हुनुहुन्छ ।

