मायादेवी गाउँपालिकामा सोलार जडानमा ठूलो रकम अनिमितता ।

  • २९ बैशाख २०७९, बिहीबार १८:४६ मा प्रकाशित

  • पकडी – मायादेवी गाउँपालिकाले पालिकाका बिभिन्न क्षेत्रहरुमा सडक सौर्य वत्ति (सोलार) जडान गर्दा ठूलो रकम अनियमितता भएको महालेखा परिक्षण प्रतिवेदनबाट खुलेको छ ।
    पालिका अध्यक्ष बजरंगी प्रसाद चौधरीले आफ्ना सहोदर दाइ दिपक चौधरी कुर्मीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरि ५० लाख ४३ हजारमा ४१ वटा सडक बत्ति जडान गरेका थिए । सोलार बत्ति जडान कार्य शुद्ध प्राविधिक कार्य भएकोले उपभोक्ता समितिबाट गर्न नमिन्ले भएता पनि अध्यक्ष चौधरीले जवरजस्ती उपभोक्ता समिति मार्फत दिप लाईट ईनर्जी प्रा.ली. संग सोझै सम्झौता गरेर सडक सौर्य वत्ति जडान गरेको लेखा परिक्षण प्रतिवेदनबाट खुल्न आएको हो । पालिकाका बिभिन्न स्थानमा ४१ वटा सडक बत्ति जडान गरेता पनि तीन चार वटा बाहेक अन्य स्थानको एउटा पनि बत्ति एक महिना भन्दा बढी नबलेको वार्ड नं २ मनखोरियाका केशरी प्रसाद चौधरीले बताए ।

    Leave a Reply