पाँचदल बाहेकका दलसँगको तालमेल खारेज गर्ने गठबन्धनको निर्णय

  • १४ बैशाख २०७९, बुधबार १४:३२ मा प्रकाशित
  • काठमाडौं, १४ बैशाख । सत्ता गठबन्धनले पाँचदलिय गठबन्धन बाहेकका दलसँग चुनावी तालमेल गरेको ठाउँमा खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

    विभिन्न स्थानमा गठबन्धनको निर्णयविपरित एमालेसँग कांग्रेस र माओवादीले तालमेल गरेको खबर बाहिरीएपछि गठबन्धनले तालमेल भएको भए खारेज गर्ने निर्देशन दिएको हो ।‘गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अबिलम्ब खारेज गर्ने ।’– गठबन्धनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

    Leave a Reply